युरेनियम शक्तिको सम्भावना

ram p gautamरामप्रसाद गौतम

 

हालै खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले उपल्लो मुस्ताङको लगभग १०० कि.मि. क्षेत्रफलको भू–भागमा युरेनियम नामक खनिज पदार्थ रहेको पत्ता लगाएको छ ।  यो नितान्त प्रारम्भिक अध्ययन हो ।  पूर्वानुमान पूर्ण रूपमा सत्य प्रमाणित भए पनि यो उत्खनन् गरेर उपयोगमा ल्याउनु ज्यादै कठिन कार्य हो ।  
युरेनियम प्लुटोनियमपछिको दोस्रो र प्रकृतिमा पाइनेमध्ये सबैभन्दा भारी तŒव हो ।  जसलाई पेरियोडिक टेबुलमा ९२औँ स्थानमा राखिएको छ र यसको पारमाणविक भार २३८.०२८ हुन्छ ।   यो धातु सर्वप्रथम सन् १७८९ मा जर्मनीका मार्टिन कार्लपोर्थले पत्ता लगाएका हुन् ।  अहिले विश्वमा १२ प्रतिशत विद्युत् आपूर्ति परमाणु भट्टीबाट हुने गरेको छ ।  ती परमाणु भट्टीमा विद्युत् उत्पादन गर्ने प्रमुख तŒव नै युरेनियम हो ।  त्यसैकारणले पनि यो धातु अति महँगो र महŒवपूर्ण छ ।  अहिले विश्वको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी युरेनियम भण्डार अस्टे«लियामा छ ।  क्यानडा, काजकिस्तान र रुस पनि क्रमिक रूपमा बढी युरेनियम उत्पादन गर्ने मुलुकको सूचीमा पर्छन् ।  
वर्तमान विश्वमा युरेनियमको अत्यधिक माग विद्युत् उत्पादनका लागि नै हुने गर्छ ।  किनकि युरेनियम प्रकृतिमा पाइएका तŒवमध्ये सबैभन्दा भारी तŒव हो ।  यसमा ९२ वटा प्रोटोन र १४३ वटा न्युट्रोन गरी २३५ वटा कणलाई ९२ वटा इलेक्ट्रोनले घुम्ने भएकाले यसको एउटा परमाणु विखण्डन गर्दा अति धेरै ऊर्जा निस्कन्छ ।  त्यसैले विद्युत् उत्पादनमा यो ज्यादै महŒवपूर्ण र उपयोगी खनिज मानिन्छ ।  
प्रकृतिमा प्राप्त हुने युरेनियम यु–२३८, यु–२३५ र यु–२३४ गरी तीन प्रकारको हुन्छ ।  यसमध्ये यु–२३८ चाहिँ ९९ दशमलव ३ प्रतिशत हुन्छ ।  जुन केही कमसल खालको युरेनियम हो ।  यु–२३५ मात्र ० दशमलव ७ प्रतिशत छ ।  जुन अति महँगो र शक्तिशाली हुन्छ ।  
युरेनियमबाट बनेको बमले सर्वप्रथम हिरोसिमामा ६ अगस्त १९४५ मा विध्वंश गरेको थियो ।  त्यस बाहेक अहिलेसम्म जे जति काम युरेनियमले गरेको छ ती सबै मानव उपयोगी भएकोले अन्य कार्यलाई पछाडि राखेर भए पनि देशले यो धातु उत्खनन् गरेर जनताको मुहार फेर्न सक्नुपर्छ ।  केवल हल्लाखल्लाका लागि मात्र काम गरिएको हो भने यो प्रवृत्तिलाई क्रमिक रूपमा
निस्तेज पार्नु पर्छ ।  दक्षिण अफ्रिका सुनले धनी बन्न सक्छ, कुनै देश हीराले धनी बन्न सक्छ भने नेपालले युरेनियमबाट आफ्नो जीडीपी (कुल गार्हस्थ उत्पादन) माथि उठाउनमा पछि पर्नु हुँदैन ।   
नेपालमा युरेनियमको प्रशस्त भण्डार भेटिने हो र त्यसको उत्खनन् गरेर बजारमा बेच्न सक्ने हो भने देशको मुहार फेरिन धेरै समय नलाग्न सक्छ तर यो पनि सहजै हातमा आएर नेपाली दुःख हरण पक्कै पनि गर्दैन ।  यसको पूर्ण व्यावसायिकताभित्रका समस्या पनि अनेक छन् ।  मिहिनेतविना त खोलाको निरीह माछो पनि उफ्रेर ताप्केमा आफै आउँदैन ।  पहिलो त नेपालसँग यस्तो प्रकारको धातु उत्खनन् गर्ने अनुभव छैन र प्राविधिक रूपमा त्यो क्षमता पनि छैन ।  त्यसैले हामीसँग युरेनियम पर्याप्त छ नै भने पनि वर्तमान राज्य संयन्त्रको बलले मात्र उत्खनन् गरेर बजारमा ल्याउन कठिन छ ।  यसको लागि छट्टै साङ्गठनिक एकाई अर्थात् खानी तथा भूगर्भ विभागभित्र नै एउटा छुट्टै विशेष युरेनियम विज्ञ टिम बनाउन जरुरी देखिन्छ ।  
यसैगरी पुँजी सङ्कलन पनि अर्को जटिल समस्या हो ।  उपल्लो मुस्ताङ जहाँ अहिलेसम्म सडक यातायात पुगेको छैन, त्यस्तो ठाउँमा आवश्यक मेसिन, औजार, जनशक्ति आदि हवाईमार्गबाट त्यहाँ पु¥याउनका लागि चाहिने पुँजी र समग्र कार्य सञ्चालनका लागि आवश्यक पर्ने पुँजी देशले आफ्नै स्रोतबाट जुटाउनु निकै कठिन कार्य हो ।  यसका लागि पनि विदेशी निकायको सहयोग आवश्यक छ ।  सामान्य पूर्वाधारको दृष्टिकोणले पनि समस्या धेरै नै छ ।  जस्तै ज्यादै भारी सामान सडकमार्गबाट नै लैजानुपर्ने हुन्छ ।  त्यसका लागि जोमसोम–कागवेनी सडकलाई उपल्लो मुस्ताङसम्म विस्तार गर्ने, परियोजना स्थलमा विद्युत् पु¥याउने, सो स्थलमा कामदार र कर्मचारीको आवास बनाउने जस्ता चुनौतीपूर्ण काम राज्यले गर्नुपर्ने हुन्छ ।  बागलुङदेखि सडक विस्तार गर्दै नलगेसम्म आवश्यक भारी उपकरण पु¥याउन अति कठिन छ ।
यसअघि पनि मकवानपुर जिल्लामा युरेनियम पत्ता लागेको खबर आएको थियो ।  जुन खबर अहिले ‘कोमा’ मै छ ।  सानो कुरालाई पनि ठूलो उपलब्धिको रूपमा हल्ला गर्ने र त्यसको वास्तविक उपलब्धि र उपादेयता लगभग शून्य नै हुने विगतको जस्तो अवस्था होइन भने विश्वव्यापी माग बढ्दै गएको युरेनियमको सरकारले फास्ट ट्रयाकबाट भए पनि उत्खनन् गर्नु अति आवश्यक छ ।  युरेनियम अति उपयोगी भए पनि यो औद्योगिक कच्चा पदार्थ नै हो, सुनझैँ गहना लगाउने वस्तु होइन तसर्थ परमाणु भट्टीहरूसँग मागको निश्चितता कायम गर्नु पनि आवश्यक छ ।  
विकीरणको समस्यालाई जतिसुकै सरापे पनि तत्काल विश्वले लाखौँ मेगावाट विद्युुत् उत्पादन भइरहेको परमाणु भट्टीको विकल्प खोज्न सक्ने सम्भावना छैन ।  त्यसैले यो अमूल्य धातुको समयमै पहिचान गरेर त्यसको आम्दानी विकासका अन्य क्षेत्रमा लगाउन सक्ने हो भने देश र जनताको मुहार फेरिने छ ।  हरेक काममा समस्या छन् र ती समस्याको व्यवस्थित रूपमा समाधान गर्नु नै विकास हो ।  यस कुरालाई ध्यानमा राखेर सरकारले यस सम्बन्धी विस्तृत खोज अध्ययन गरिरहेको सराहनीय छ ।  युरेनियम छ र त्यो अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भने त्यो काममा ढिलासुस्ती नगरी सस्तोमा उत्खनन् गर्न लाग्नुपर्छ ।  स–साना कुरामा अल्झिने, एउटा फाइल सदर वा अनुमोदनमा महिनौँ लगाउने हो भने त कहीँबाट पनि विकास हुँदैन ।  ढिलो र झन्झटिलो विगतको पद्धतिलाई तिलाञ्जलि दिएर देशलाई अग्रगमनमा ल्याउने हो भने यो नगद आउने कारोबारमा विशेष ध्यान दिनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना