दाइजोको लेनदेन

sunil paudelसुनिलकुमार पौड्याल

 

हाम्रो समाजमा दाइजोको विरुद्धमा कानुन छ, थुप्रैपल्ट आवाज उठेका छन् तर पनि दाइजोको प्रचलनमा कमी आएको देखिन्न ।  दाइजोको माग प्रत्यक्ष वा अप्रत्यक्ष दुवै किसिमले हुँदोरहेछ ।  खासगरी तराई क्षेत्रका तराई मूलका अधिकांश जातिमा यो प्रचलन ज्यादै हृदयविदारक देखिएको छ ।  अपठित मात्र हैैन, पठित वर्गमा पनि दाइजो दिने लिने प्रथा व्यापक छ ।  
भर्खर बहुदल आएको बेला त्रिभुवन विश्वविद्यालयका तराई मूलका काठमाडौँमा स्थायी बसोबास जोडिसकेका एक प्राध्यापकले पठित आफ्नो छोरालाई भारतीय पठित केटीसँग विवाह गराइदिए ।  आफूले चाहेजति दाइजो नपाएको निहुँमा बुुहारीलाई यातना दिन थाले ।  पठित छोरा पनि दाइजोे पाउनु आफ्नो शान सम्भिंँदा रहेछन् बाबुले जस्तै ।  विस्तारै घर परिवार मिलेर ती भारतीय केटीलाई घरबाट निकालिदिए ।  
त्यतिखेर सुरुमा विभिन्न्न राजनीतिक दलका महिला कार्यकर्ता तथा नेता त्यस जघन्य कार्यको विरुद्धमा उत्रिए ।  पुरुष कार्यकर्ताले पनि साथ दिए तर पछि अनेक राजनीतिक स्वार्थको कारण हो वा अन्य स्वार्थले हो खै, त्यत्रो जुलुसले तिनका घर घेरी नारा लगाएर बुहारीलाई यातना नदिन र अब दाइजोकोे माग गर्न नपाउने सहमति गराए पनि दाइजो कम भएकै कारणले त्यस परिवारले बुहारीलाई निकालेरै छाड्यो ।  पछि न त जुुलुुुस गयो न नारा लगाइयो ।  निरीह महिला माइती फर्कनुबाहेक के गर्न सक्थिन् र !
यो त केवल एउटा उदाहरण मात्र हो ।  तराई मूलका बाहेक अन्य नेपालीहरू (जसलाई पहाडेमूलका भनेर बुझिन्छ) मा अचेल फाट्टफुट्ट प्रत्यक्ष दाइजो माग गर्ने प्रथा सुरु भएको देखिए पनि बहुधा अप्रत्यक्ष माग व्यापक भेटिन्छ ।  कतै लमीमार्फत माग पु¥याइन्छ भने कतै ‘हामीलाई केही चाहिँदैन, बस जोरीपारी नसनातामा हाम्रो इज्जत नतुहियोस्’ भन्दै केटी पक्षकालाई चेतावनी दिइन्छ ।  यो अप्रत्यक्ष माग प्रत्यक्षभन्दा झन्् डरलाग्दो हुन्छ ।  इज्जत नतुहिने सीमा कुन हो ? कसरी थाहा पाउने ? पहाडेका घरहरूमा पनि कम दाइजो ल्याउनेको दाँजोमा बढी ल्याउनेको मान मर्यादा बढी हुने गरेको देखेकै छौं ।  
एकजना पहाडे मूलका वामपन्थी उच्च तहका नेताको छोरा र वामपन्थी इतरपार्टीका नेताका छोरीबीच विवाह हुने तय भएपछि केटीका बाबुले केटाका बाबुलाई भने–‘हाम्रो त छोरीलाई र छोरीको घरलाई सकेको दाइजो दिने चलन छ ।  तपाईंहरू वामपन्थी भएकोले फेरि आनाकानी गर्नुहुन्छ कि वा रिसाउनु हुन्छ मलाई के गर्ने के नगर्ने निर्णय गर्न साह्रै अप्ठेरो भो । ’
ती वामपन्थी नेताले माग गर्ने आँट त गरेनछन् शायद आदर्शको डरले होला तर यति चैं भनिहालेछन् ‘हैन हामीले माग गर्ने कुरा त आउँदै आउँदैन ।  चलनचल्तीमा भएको कुराको विरोध पनि किन गर्नुप¥यो र !’ यसरी ती वामपन्थी नेताले पनि दाइजोको लोभलाई त्याग्न नसकेर प्रश्रय नै दिए ।  
तराई मूलका मानिसहरू दाइजोलाई आफ्नो शानसँग हेर्छन् ।  जति बढी दाइजो पायो उति बढी शान ।  उनीहरू भन्ने गर्दछन् ‘छोरालाई हुर्काइ बढाइ पढाइ्मा कैयौँ रकम खर्च भयो ।  त्यो खर्च उठ्छ भन्ने आशले पो छोराको विवाह गरिन्छ ।  कम्तीमा त्यति पनि उठेन भने छोरा पाएको के
काम ! त्यत्रो दुःख कष्ट झेलेको र रकम खर्च गरेको के उपलब्धि ! मानौं छोरा पशुतुल्य हो, दूधका लागि, जोतिनका पालिने ।
यसैगरी पहाडे भनिनेहरू बीच अप्रत्यक्ष मागको रूपमा
‘हाम्रो इज्जत नतुहियोस्’ भन्नुको अर्थ दाइजोको मूल्य र परिमाण हैन र १ अनि अर्काले तुहाइदिन सक्ने वा बचाइदिनसक्ने त्यस्तो धरापमा रहेको त्यो इज्जत कस्तो इज्जत हो ! इज्जत त प्रत्येकले आफ्नो कर्म, आचरण, व्यवहार आदिबाट आर्जन गर्ने कुरा हो ।  त्यस्ता कुराले इज्जत राख्न असक्षम अपाङ्ग मानसिकता भएका बाबुआमा तथा तिनका त्यस्ता कुरालाई अन्ध समर्थन गर्ने छोराको त इज्जत नै नभएको ठहर्दैन र ! अर्काले थामिदिनु पर्ने इज्जतको के मूल्य हुन्छ र ! अर्काले नथामिदिए रछ्यानमा डुब्न के बेर !
अब दाइजो माग्नेको मात्र कुरा हैन, दिनेको विषयमा पनि लेख्न आवश्यक छ ।  जन्माइ, हुर्काइ, बढाइ, पढाइ, सक्षम भएकी छोरी नयाँघरमा पठाउँदा ती घरका मानिसलाई दाइजो दिनुपर्ने किन ? के छोरी खोडेत्रो लागेको आँपको रुख हो जुन ढलेर आफैँलाई थिच्ला भनेर रुख लानेलाई रकमसमेत दिने वचन दिँदै वचन पूरा गर्नुपर्ने ? संसारमा कुनै चीज अरूलाई दिँदा रकम र सामान दुवै कुरा दिइँदैन ।  बरु सामान लानेले या त रकम तिर्छ या सित्तैमा पाउँछ ।  छोरी त मानिस होे ।  मानिसलाई नयाँ घरमा पठाउँदा नगद तथा जिन्सी समेत दिनुपर्ने ! के तपाईंकी छोरी रद्दीको टोकरीमा फालिएको फोहोर हो जसलाई उठाएर लानेलाई तपाईंले रकम दिनुपर्छ ?
प्रत्येक छोरीका बाबुआमाले आफ्नी छोरीको महìव
(मानिसको महìव) बुुझ्न जरुरी छ ।  पढेलेखेका बाबुआमाले समेत आफ्नी पढेलेखेकी छोरी नयाँ घरमा पठाउँदा दाइजो दिन्छन् भने भन्नैपर्छ तिनले छोरीलाई सडेगलेको बस्तु वा पतित प्राणी ठान्छन् र त्यसको यथोचित व्यवस्था गर्न कुनै मानसिकरूपले दरिद्र परिवारलाई रकमको लोभ दिएर थन्क्याउन लगाउँछन् ।  त्यसैगरी दाइजो लिन विवाह गर्ने वा विवाह गरेर दाइजो लिने परिवारले एउटा विवेकी मान्छेले जसरी परिवारमा नयाँ सदस्य थपिएकोमा गृहलक्ष्मीको प्रवेश ठानेर हर्षोल्लास गर्नुको साटो फोहोरमा झुम्मिएको झिङ्गाझैँ दाइजोमा रमाउँछन् भने शरीर र अनुहारले मानिस देखिए पनि ती वृद्धि र विवेकहीन झिङ्गा मात्र हुन् ।
समाजका यी दुवैथरि प्रवृत्ति विरुद्ध सचेत तथा विवेकशील नागरिक एकजुट भएर यस्तो प्रचलन वा प्रथा विरुद्ध जनमानसमा चेतना नफैलाउने हो भने आजको विकसित विश्वमा हामी मानिस भएको ठहर्दैन ।  अझ बढी भन्ने हो भने यसमा महिलाहरूले नेतृत्व लिनुपर्छ किनभने दाइजोको मार महिलाले नै भोगिरहेका छन् ।  समाजको यो कलङ्गको अन्त्य गर्नैपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना