कीर्तिपुर पूर्ण साक्षर

कीर्तिपुर, साउन १ गते ।  कीर्तिपुर नगरपालिका पूर्ण साक्षर, पूर्ण दिसामुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ ।  नगरपालिका घोषणा भएको करिब दुई दशकपछि उक्त नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।
घोषणासभामा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषको बजेट सर्वदलीय संयन्त्रको सहमतिमा कीर्तिपुर नगरपालिकामा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्दै कीर्तिपुरलाई अब आर्थिक रूपमा सक्षम नगरपालिका बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।  नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालले  स्थानीय राजनीतिक दल, स्थानीय सरकार, विभिन्न सङ्घसंस्थाको संयोजनमा पूर्ण साक्षर, पूर्ण दिसामुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न सकेकोमा सबैलाई शुभकामना र धन्यवाद दिनुभयो ।      
घोषणा कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा  माओवादी केन्द्र, राप्रपा नेपाल, नेमकिपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादीका प्रतिनिधिले ऐक्यबद्धता जनाउनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना