कता जानु - जाने ठाउँ कतै छैन ?


नगेन्द्र राई
धनकुटा, असार २९ गते । बाढी र पहिरोका कारण जुनसुकै वेला पनि बगाउन सक्ने जोखिम आँखै अगाडी छ , तर विकल्प नभएका कारण धनकुटा महाभारत गर्जुवाका करिव १५ घरपरिवार जोखिमसँगै वस्न वाध्य हुनुभएको छ ।
अन्यत्र जाने ठाँउ नभएका कारण रहर नभएर वाध्यता भएकै कारण जोखिम मोलेरै यहाँ बस्नुपरेको उहाँहरुको दुखेसो रहेको छ । कुनैपनि वेला त्यहाँको वस्ती नजीकै रहेको गर्जुवा खोलाले बगाउन सक्ने भएको हुँदा जिल्ला दैवी प्रकोप उद्धार समितिले एक हप्ता भित्रमा त्यहाँवाट अन्त सर्ने पत्र दिएको छ  तर समितिले पत्र दिएपनि विकल्पमा अन्त जाने ठाँउ नभएका कारण वाध्य भएर त्यही वस्नुपरेको पीडितहरुको भनाई रहेको छ ।
नजीकै गर्जुवा र लेउती खोलामा ढुंगा गिटी वालुवा निकालेर जीविकोपार्जन गर्ने त्यस क्षेत्रको अधिकांशको पेशा व्यवसाय ज्याला मजदुरी नै रहेको छ तथापी त्यहाँ वर्षातको समयमा वारम्वार गर्जुवा खोलामा पहिरोसँगै आउने वाढीका कारण वस्ती नै बगाउने जोखिम रहेको छ । चार वर्ष अघि मात्र गर्जुवा खोालमा पहिरोसँगै आएको बाढीले वस्तीमा रहेका चौपायाहरु बगाएको थियो भने मानिसहरुले भने भागेर ज्यान वचाएका थिए । पानी पर्ने वित्तिकै वस्तीको माथि रहेको भागमा पहिरो जाने र पहिरोसँगै वाढी आउने भएका कारण त्यहाँ कोशी राजमार्गको दुईवटा पुलहरु पुरीसकेको छ ।

पहिरोसँगै वाढीको उच्च जोखिममा रहेको धनकुटा जिल्लाको महाभारत गाँउ विकास समिति स्थित

गर्जुवाको वस्ती । फोटो ः नगेन्द्र राई

यो वर्ष मात्र पहिरो सँगै आएको वाढीले कोशी राजमार्गमा करिव आधा दर्जन पटक सडक समेत अवरुद्ध पारिसकेको छ । त्यसैले राजमार्गसँगै जोडिएको उक्त वस्ती उच्च जोखिममा रहेको छ तर जोखिम हुँदा हुँदा पनि जाने ठाँउ अन्त नभएकै कारण वाध्य भएर यही वस्नुपरेको कुरा जोखिम क्षेत्रका इश्वरी राई बताउनुहुन्छ । उहाँका अनुसार यहाँ हामी रहरले वसेको होईन अन्त घर जग्गा पनि छैन त्यसैले यहाँ सुकुम्वासी जग्गामा वसेर खनीखोस्री गरेर जीविकोपार्जन गर्ने गरेको वताउनुभयो ।
अझ कतिपयको भने वाढी पहिरोकै कारण सूरक्षित स्थलको खोजीमा यहाँ वसाई आएकाका पीडा झन पीडादायक रहेको छ । करिव १५ वर्ष अघि नजीकै रहेको माखवा खोलाले घर जग्गा वगाएपछि त्यहाँ अलि सुरक्षित होलाकी भनेर वसाई आउनुभएका ७० वर्षीय जगदेवी राईका अनुसार अहिले निकै मुस्किल परेको कहानी सुनाउनुहुन्छ । राईका अनुसार पहिला पनि वाढीले सवै घरजग्गा वगाएर यहाँ वसाई आएको र यहाँ पनि यस्तै समस्या हुँदा कता जानु धन भन्ने चिन्ताले सताउन थालेको छ ।
वाढी र पहिरो रोकथामका उपायहरु गर्नुपर्ने पनि उहाँहरुको तर्क रहेको छ । जोखिम क्षेत्रका स्थानीयवासी पुष्पलाल राईका अनुसार हामी राती त अन्त कतै इष्टमित्रको घरमा गएर ज्यान जोगाउला तर यो कहिले सम्म राज्यले कि विकल्प दिन प¥यो यहाँ छ ठाँउ भनेर नभए पहिरो र वाढी रोकथामका लागि तत्काल केही गर्नुपर्ने भनाई छ  ।
यता जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार त्यहाँ वस्ने अधिकांशको अन्त पनि घर जग्गा रहेको दावी गर्नुहुँदै नभएकाले पनि विकल्प सोच्नुपर्ने वताउनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना