त्रिभुवन विश्वविद्यालयको चुनौती  

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ


त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ साल असार ३० गते भएको हो ।  मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले २०६९ साल पुस २४ गतेदेखि केन्द्रीय विश्वविद्यालयको मान्यतासमेत प्रदान गरेको छ ।  त्रि.वि. ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता प्राप्त विश्वविद्यालयले विभिन्न आरोह, अवरोह पार गर्दै ५७ औँ वर्षको पथ तयार गरेको छ र शिक्षा क्षेत्रलाई अझै वैज्ञानिकीकरण र समय सापेक्ष परिमार्जन गर्ने महìवपूर्ण लक्ष्य लिई अघि बढिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको ६० आङ्गिक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पसमा सात हजार ५९२ शिक्षक र सात हजार २६७ कर्मचारी कार्यरत रहेका छन् भने झण्डै तीन लाख विद्यार्थी अध्ययनरत छन् ।  नेपालमा अध्ययन गर्ने शैक्षिक संस्थाहरूको अभावमा अध्ययनकै लागि बाहिरिने प्रवृत्तिलाई रोक्दै देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य र उद्देश्य लिई त्रिभुवन विश्वविद्यालय अघि बढिरहेको छ तर राष्ट्रिय राजनीतिमा भएको परिवर्तनसँंगै विश्वविद्यालयमा समेत राजनीतिक भागबण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराले गर्दा यस विश्वविद्यालयले उद्देश्य अनुरूप काम गर्न सकिरहेको छैन ।
हाल देशमा नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी लगायतका नयाँ विश्वविद्यालय स्थापना भए पनि विद्यार्थी भर्ना चाप, क्याम्पस सङ्ख्या, वार्षिक बजेट आदिको पक्षबाट हेर्दा उच्च शिक्षा प्रदान गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्दै आएको भूमिका अतुलनीय छ ।  थुप्रै विश्वविद्यालय स्थापना गरिए पनि त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत विद्यार्थीहरू हाल पनि अध्ययन गर्नुले त्रिभुवन विश्वविद्यालयको महìव र आवश्यकता आफैँ प्रस्ट हुन जान्छ ।  त्रि.वि.ले समयसापेक्ष शैक्षिक गतिविधिमा सुधार गर्दै अघि बढिरहेको छ भने कीर्तिपुर केन्द्रीय क्याम्पसमा सेमेष्टर सिष्टम लागू गरिएको छ ।
राष्ट्रले उच्च शिक्षाको क्रममा बहुविश्वविद्यालयको नीति अवलम्बन गरेको छ । विद्यार्थी सङ्ख्या र अन्य पक्षलाई समेत ध्यान राखी क्षेत्रीय आधारमा नयांँ विश्वविद्यालय स्थापना गर्नु आवश्यक देखिएको छ । त्रिभुवन विश्वविद्यालयमा हुने गरेको राजनीतिक नियुक्ति रोकी ज्येष्ठता र अनुभवका आधारमा पदाधिकारी नियुक्ति गरिनु अपरिहार्य भइसकेको छ ।  अधिकांश समय राजनीतिक खिचातानीका कारण नियुक्ति, सरुवा, बढुवा नहुनु, पाठ्यक्रमअनुसार परीक्षा समयमै सञ्चालन गर्न नसक्नु र परीक्षाफल समेत प्रकाशित गर्न नसक्नु यसको कमजोरीको रूपमा लिन सकिन्छ । त्यस्तै गरी राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक र कर्मचारीहरू नियुक्ति सरुवा, बढुवा गर्नेजस्ता गलत प्रवृतिलाई समेत सच्याउँदै अघि बढ्नुपर्छ ।  नेपालभरै छरिएर रहेका सम्बन्धन र आङ्गिक क्याम्पसहरूलाई समेत समय सापेक्ष तालिम गोष्ठी राखी शिक्षा क्षेत्रमा आधुनिक प्रवृत्ति, प्रविधिको जानकारीसहित उत्प्रेरित गर्नुपर्छ ।  विश्वविद्यालयको साख जोगाइराख्न र अझ अघि बढाउन सबै पक्षसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै शैक्षिक क्यालेण्डर लागू गर्नु आवश्यक छ ।  त्रि.वि. ऐन नियमलाई समेत समय सापेक्ष परिमार्जन गरी राजनीतिक हस्तक्षेप रोक्ने र ट्रेड युनियनअन्तर्गत खोलिएका संस्थामा सबैलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने देखिएको छ ।  राजनीतिक आस्थाका कारण शिक्षक तथा कर्मचारीको नियुक्ति गर्ने परम्पराको अन्त्यका साथसाथै वर्षाैंसम्म पनि विज्ञापन नगर्ने परिपाटीको अन्त्य गर्नु आवश्यक छ ।
सीमित स्रोत र साधनले बृहत् कार्यक्रमहरू सञ्चालन गर्दा उच्च शिक्षाको क्षेत्रमा केही समस्या देखिएका छन् ।  अध्ययन संस्थान शङ्कायका पदाधिकारीहरूलाई दिइएको सुविधामा भिन्नता, अनुसन्धान केन्द्रहरू यस विश्वविद्यालयलाई भार बन्दै जानु, शङ्कायमा विद्यार्थी भर्नासम्बन्धी खुलाद्वार नीति अवलम्बन गरिनु, परीक्षा प्रणालीमा वाञ्छित शुद्धता नपाइनु, उच्च शिक्षाको पाठ्यक्रममा समसामयिक परिमार्जन नहुनु, स्तरीय र गुणस्तरीय विद्यार्थी उत्पादन गर्न नसक्नुलगायतका कारणले गर्दा नेपालमा उच्च शिक्षा क्षेत्रमा प्रगति हुन सकिरहेको छैन ।
त्रि.वि. विकेन्द्रीकरण ऐन २०४९ लागू गरी त्रि.वि. लाई अझै परिस्कृत गर्दै अगाडि बढाउने कोसिस गरिएको छ ।  सङ्गठनात्मक ढृढता तथा संस्थागत क्षमताको विकास गरी यसको उन्नतिमा सघाउ पु¥याउने मूल उद्देश्यका साथ ऐन ल्याइएको छ ।  यसका आङ्गिक क्याम्पसहरूको संस्थागत कार्य सञ्चालन र विकासका लागि समूचित स्वायत्तता तथा अधिकारलाई एकआपसमा आबद्ध गराई क्याम्पस तथा अनुसन्धान केन्द्रहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनु यसको उद्देश्य रहेको छ ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले समय सापेक्ष वैज्ञानिकीकरण र प्रविधिलाई प्रयोग गर्दै विगत तीन वर्षदेखि कम्प्युटर प्रविधिमार्फत परीक्षा लिने कार्य गरिरहेको छ । त्यस्तैगरी चिकित्साशास्त्र अध्ययन संस्थानले पनि दक्ष चिकित्सक उत्पादनमा टेवा पु¥याउँदै त्रि.वि. को साख जोगाइदिएको छ ।  विद्यार्थीहरूको अत्यधिक चापका कारण परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेण्डर अनुरूप परीक्षा लिने र परीक्षाफल निकाल्ने कार्यलाई तदारुकताका साथ लागे पनि त्यस कार्यले पूर्णता पाउन सकेको छैन ।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले खुला तथा आन्तरिक विज्ञापन गरी नतिजासमेत प्रकाशित गर्ने महìवपूर्ण कार्य गरेको छ ।  यस्ता कामलाई निरन्तरता दिइनुपर्छ । शिक्षामा राजनीति नगरी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो परिचय विश्वसामु राख्नु अर्को चुनौती रहेको छ ।  शैक्षिक क्यालेण्डर अनुरूप परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने, अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूसँग शैक्षिक गतिविधि आदान प्रदान गर्दै यो विश्वविद्यालय अघि बढ्न सक्नुपर्छ ।  विश्वविद्यालयले अन्तर्राष्ट्रिय परिवेशअनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्नु आवश्यक छ ।
थुप्रै भौतिक संरचना, जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग हुन नसकेको सन्दर्भमा समेत यो विश्वविद्यालयले त्यस्ता भौतिक संरचना लिजमा दिई आम्दानीको स्रोत दह्रो बनाउनुपर्छ ।  विश्वविद्यालयको मुख्य आय स्रोत भन्नु नै विद्यार्थीहरू नै हुन् ।  उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु विश्वविद्यालयको कर्तव्य हो । विश्वविद्यालयमा हुने गरेको चर्को राजनीतिका कारण धेरै समयसम्म तालाबन्दीमा गुज्रिनु पर्दा विद्यार्थीको शैक्षिक गतिविधिमा समेत नराम्ररी असर पुगेको तथ्य छर्लङ्ग छ ।  यहाँ रहेका प्राध्यापक, कर्मचारी र विभिन्न सङ्घ
सङ्गठनले बेलाबेलामा विभिन्न माग राखी आन्दोलन गर्दा शैक्षिक उन्नयनमा अवरोध खडा हुने गरेको छ  ।  विश्वविद्यालयले आगामी दिनमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समन्वयमा प्रगति र उन्नतिका लागि अगाडि बढ्नु उत्तम हुन्छ ।
गत वर्षको भूकम्पले केन्द्रीय कार्यालयसहित नेपालभरिका थुप्रै अध्ययन संस्थान÷सङ्काय÷क्याम्पसहरूमा नराम्ररी क्षति पुगे पनि त्रिविले अध्ययन अध्यापन कार्यलाई रोकेको छैन ।  जीर्ण भवनभित्र जोखिम मोलेर शिक्षक, कर्मचारी र विद्यार्थीले अध्ययन गरिरहेका छन् ।  थुप्रै नेता, राजनीतिज्ञ, सेना, प्रहरी, डक्टर, इन्जिनियर, न्यायाधीश उत्पादन गर्ने संस्थाको पुनर्निर्माणमा सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना