माओवादीले समर्थन फिर्ता लिनु दुर्भाग्यपूर्ण –एमाले

 

cpnuml_election_काठमाडौँ,  असार २८ गते । नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र)द्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने भनी आज गरेको निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको पार्टीको स्थायी कमिटीको ४० औँ विशेष बैठकले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको निष्कर्ष निकालेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

उहाँले हाल उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा अघि बढ्ने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने र आवश्यक निर्णय गर्ने समेत उहाँले बताउनुभयो ।

वर्तमान सरकार बनेयता सुदृढ बनेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीन भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुग्नसक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अघि बढाइएका अग्रगामी, जनपक्षीय कार्यक्रमको पक्षमा दृढतापूर्वक अघि बढ्ने एमालेले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पु¥याउने कुनै पनि काम कारबाही हुन नपाओस् भन्ने कुरामा सजग रहन तथा संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकताबद्ध भएर अघि बढ्न सबै प्रगतिशील र देशभक्ति शक्तिलाई एमाले आह्वान गर्दद्ध ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना