‘भानु साहित्य पुरस्कार’ लुइँटेललाई

काँकडभिट्टा (झापा), असार २८ गते । साहित्यकार रोहिणीविलास लुइँटेललाई ‘भानु साहित्य पुरस्कार–२०७३’ प्रदान गरिने भएको छ ।

भानु साहित्यिक प्रतिष्ठान, झापाले २०३औँ भानुजयन्तीको अवसरमा असार २९ गते उहाँलाई रु ३१ हजार राशिको पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताउनुभयो ।

नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि मोफसलमै रहेर साहित्यकार लुइँटेलले पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले सो पुरस्कार उहाँलाई प्रदान गर्न लागेको हो । त्यसैगरी ‘भानु प्रतिभा प्रोत्साहन पुरस्कार’ साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना