होटलमा मृत महिलाको हत्याको आशंका


शान्ता अधिकारी,  चितवन, असार २७ गते । भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्कमा रहेको एक होटलमा आइतबार राती एक महिला मृत अबस्थामा भेटिएकी छन् ।
पोखरा बसपार्कमा रहेको होटल कलसको दोस्रो तलामा भरतपुर उपमहानगरपालिका–१६ र्मगलपुर नविनचोककी ३० बर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । एक जना पुरुष सँगै बिहीबार दिउँसो होटल बुक गरेको र राती घाँटी थिचिएको अवस्थामा होटलको कोठामा सिरकले ढाकेको अवस्थामा ती महिलाको लास भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट बैंकमा किस्ता बुझाउनु छ भनेर बजार आएकी ती महिला आफू घर फर्कन केही ढिलो हुने छिमेकी सरिता श्रेष्ठलाई मोवाईलबाट खबर गरि छोरालाई हेरचाह गरिदिन भनेको बताइन्छ ।
यसैबीच मृतककी दिदी रसिना भुजेलले जिल्ला प्रहरी कार्यायलमा सोमबार बहिनीको हत्या भएको भनि हेमथापा मगरको नाममा  किटानी जाहेरी दर्ता गराएकी छन् । होटलमा आरोपितको नामको काठमाडौं लिंकन कलेजको परिचय पत्र भेटिएको बताइन्छ । मृतकका श्रीमान भक्तबहादुर भुजेल वैदेशिक रोजगारीको सिल्सीलामा दुई बर्षदेखि कतारमा छन् । उनको एक १० बर्षको छोरा छन् ।
प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न आशंकित व्यक्ति केही दिन अगाडि कलस नजिकै रहेको होटल कंगारुमा समेत दिनको समयमा एक जना महिला लिएर आएको बताइन्छ । पटकपटक सोही क्षेत्रमा होटलमा बस्दै आउने उक्त व्यक्तिले ती होटलहरूमा केही पैसा बाँकी राख्ने गरेको पनि बुझिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना