नमूना शहरका लागि एडिबीको रु. १० अर्ब


भवानी ऐर
कैलाली, असार २७ गते । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका चारवटा नगरपालिकाहरु नमुना शहरी क्षेत्रको रुपमा विकास हुने भएका छन् । एसियाली विकास बैङ (एडीबी) ले रु.१० अर्बको लगानीमा क्षेत्रीय शहरी विकास परियोजना लागु गर्ने भएपछि यहाँका धनगढी, अत्तरिया, झलारी र भिमदत्त नगर नमुना शहर बन्ने भएका हुन ।
एडिबीले कैलाली कञ्चनपुरका चारवटा नगरपालिकाको समग्र अध्यायनगरी आर्थिक, सामाजिक विकाससँगै वातावरणीय सुधारकालागि भौतिक निर्माणमा लगानी गर्ने सहमति अनुरुप डिजाईन तयार पारेको छ । डिजाईन कार्य पुरा भएको र आगामी अगष्टवाट काम सुरु हुने एडिवीले जनाएको छ । अधिकांश काम पाँच वर्ष भित्रै पूरा हुने गरी आयोजनाको अवधि भने २५ वर्षको रहने जनाइएको छ ।
एसियाली विकास बैङ (एडीबी)ले कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका र कञ्चनपुरको भीमदत्त तथा झलारी पिपलाडी नगरपालिकाको विकासका लागि सहयोग गर्ने भएको हो । विकास निर्माणसँगै नगरको डुवान, बिधुत, सडक, खानेपानी लगायतका समस्या, समाधान हुने धनगढी उपमाहानगरपालिकाका डिभिजन इन्जिनियर द्धिजराज भट्टले जानकारी दिनुभयो ।
कैलाली कञ्चनपुरका चारवटै नगरपालिकाको विकासका लागि रकम खर्च हुने एडिबीले जनाएको छ । परियोजनाले यी नगरलाई व्यवस्थित गर्नुको साथै सुबिधा सम्पन्न र वातावरणमैत्री शहरका रुपमा विकास गर्ने उपमहानगरपालीका इन्जिनियर भट्टले बताउनुभयो ।
धनगढी, अत्तरिया, झलारी र भिमदत्त नगरलाई सुविधा सम्पन्न शहर बनाउने उद्देश्यका साथ एडीबीले सुदूरपश्चिम क्षेत्रीय शहरी विकास परियोजना मार्फत लगानी गर्न लागेको हो ।

धनगढी क्षेत्र

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना