नयाँ शक्तिद्वारा दल दार्ताको आवेदन




nayasaktiकाठमाडौँ,  असार २६ गते । नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

सो दलका संयोजक डा बाबुराम भट्टराईलगायतका नेता आज आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिनुभएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीलाई नयाँ शक्तिले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

सरकारमा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ, उहाँले जिकिर गर्नुभयो, ‘ती तीनवटै निर्वाचनमा हामी सहभागी हुन्छौँ ।’

संयोजक भट्टराईले आफ्नो दल नेपालमा रहेका पुराना सबै पार्टीभन्दा फरक विशेषता भएको पार्टी भएको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना