नदी तटबन्धले जोगायो बस्ती र उर्वर भूमी

नवीनराज कुइँकेल

 

बेसीशहर, असार २६ गते । हरेक वर्ष मनसुन सुरु हुनासाथ सिम्पानी–८ शिवबजारबासीकोे मुटुले ठाउँ छोड्थ्यो । कुन बेला खुदी खोलामा बाढी आउँछ र सबै बगाएर लैजान्छ भन्ने उनीहरुमा पीर थियो ।
सिम्पानी–८ साँगुमुखकी सिता श्रेष्ठ भन्नुहुन्छ,– ‘यो वर्षपनि ठूलो बाढी आयो । तर पहिलेजस्तो डर भने भएन ।’ श्रेष्ठका अनुसार खोलामा तटबन्ध गरिएकाले बाढीको जोखिम कम भएको हो । ०६५ साल भदौमा खुदी खोलामा आएको बाढीले सिम्पानी–८ शिवबजारका ८ घर विस्थापीत भएका थिए । १५ घर नदी कटानको जोखिममा थिए ।
खुदीबजारका हर्कबहादुर थापा भन्नुहुन्छ,–‘त्यो बेला बाढीले खुदी जलविद्युत तहसनहस बनायो । मान्छे बगायो । स्वास्थ्य चौकी उठ्यो । पशु र कृषि सेवा केन्द्रका भवन जोखिममा परे ।’ त्यसयता जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले खुदी खोलामा गरेको तटबन्धले पहिलेको जस्तो जोखिम घटाएको छ ।tatbandha

 


जलउत्पन्न डिभिजन कार्यालयले मनाङको दुधखोला नदीमा लगाएको तटबन्ध ।

 

लमजुङको पाउँदी खोला पनि धेरै कटान गर्ने नदीमा पर्छ । बर्षाको समयमा आउने बाढीले खोला आसपासका खेतीयोग्य जमिन कटान गर्दा स्थानीय हैरान बनेका थिए । त्यस क्षेत्रमा पनि जल तटबन्धको काम सुरु गरेपछि जमिन कटान घट्दै गएको स्थानीय बताउँछन । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १३, लमजुङका प्रमुख ईन्जिनियर विदुरमान श्रेष्ठका अनुसार पाउँदी खोलाको कटान रोक्न चालु आर्थिक वर्षमापनि विभिन्न योजनाहरु सञ्चालन गरिएको थियो ।
लमजुङ जिल्लामा विशेष गरी पाँउदी खोला, मिदिम खोला तथा चेपे नदीले वर्षेनी उर्वरा खेतीयोग्य जमिनहरु कटान गर्दै आएको छ । जिल्लामा डिभिजन कार्यालयको स्थापनासँगै यी नदीहरुमा भएको नियन्त्रणका कार्यहरुले जमिनमा हुने कटानमा कमी आएको कार्यालयको दावी छ । पाँउदी खोलाको करीव १२ कि.मि. सर्भेक्षण कार्य सम्पन्न गरी गुरुयोजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षमा पाँउदी खोला नियन्त्रणको लागि राम्रै बजेट विनियोजन हुने र पाँउदी खोला नदी नियन्त्रणलाई नमुना योजनाको रुपमा विस्तार गरिने बताउनुभयो ।
चालु आर्थिक वर्षको पुजिगत वजेट तीन करोड पचासी लाख रहेको थियो । कार्यालयले पूँजीगततर्फ ९५ प्रतिशत खर्च भएको जनाएको छ । लमजुङ, मनाङ र गोरखा जिल्ला कार्यक्षेत्र रहेको जलउत्पन्न डिभिजनलाई चालु आर्थिक वर्षको अन्तिममा थप एक करोड पचास लाख वजेट आएको थियो । लमजुङमा बार्षिक एक करोड वत्तिस लाख विनियोजित भएकोमा तीस लाख थपभई एक करोड वैसठ्ठी लाख पुगेको थियो । जसमा पुरानकोट स्थित हिलेगाँउ पहिरो नियन्त्रण तथा पाल्चे डाँडा पहिरो नियन्त्रण, वन्सार वाहेक लमजुङ जिल्लाभर सञ्चालीत करीव ४५ वटा नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन कार्यहरु सम्पन्न भैसकेको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर राजन केसीले बताउनुभयो ।
धेरै योजनाहरु समावेश हुने र थोरै थोरै वजेट विनियोजित हुने गर्दा कामको प्रभावकारीतामा वेला वेलामा गुनासो आउने गरेको कार्यालयका गुनासो सुन्ने अधिकारी इन्जिनियर अर्जुन कुमार श्रेष्ठ बताउनुहुन्छ । आगामी आर्थिक वर्षदेखि सञ्चालीत हुने कुनै पनि योजनामा पाँच लाख भन्दा कम वजेट विनियोजित नहुने हुदाँ यो समस्या सुल्झन सक्ने श्रेष्ठ बताउनुहुन्छ । कार्यालयका लेखापाल चिजकुमार श्रेष्ठ बजेटको अख्तियारी ढिलो आउँदा कार्यन्वयनमा समस्या भएको बताउनुहुन्छ । श्रेष्ठका अनुसार दरबन्दी अनुसार कर्मचारी कम हुँदा काममा समस्या भएको छ ।
डिभिजन प्रमुख श्रेष्ठले सिमित प्राविधिक कर्मचारीहरु भएपनि माथिल्लो मनाङ देखि गोर्खाको विकट गाँउ सिर्दीवाससम्म योजना सम्पन्न गर्नसक्नु कार्यालयको ठुलो उपलब्धी भएको बताउनुभयो । कार्यालयले स–सना प्रकोप नियन्त्रणका लागि कार्यालयबाटै जाली वितरण समेत गर्दै आएको छ । सिमित बजेटबाट थोरै–थोरै जाली वितरण गर्दापनि राम्रै उपलब्धी भएको कार्यालयको दावी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना