विषालु च्याउले लियो ज्यान

नरेन्द्र ढकाल
गोरखा,असार २५ गते । विशालु जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको ज्यान गएकोे छ । बिहिबार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा काशीगाउँ गाविस वडा नम्वर ८ की ६५ वर्षीया फूलमाया गुरुङ र उहाँकी नातिनी ११ वर्षीया रबिना गुरुङको शुक्रबार मृत्यु भएको हो ।
फुलमायाकी छ वर्षीया नातिनी तिर्सना गुरुङ भने बिरामी भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । तिर्सनाको काशीगाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बालिकाको अबस्था खतरा मुक्त रहेको काशीगाउँ स्वास्थ्य चौकीका प्रमुख रामपुजनराय यादबले जानकारी दिनुभयो ।


बिरामी अवस्थाकी तिर्सनालाई सोध्दा हजुरआमाले जंगलबाट साँझ च्याउ ल्याएर पकाएर र सबैले खाएको बताएकी थिइन् , ‘ हजुरआमाले च्याउ पकाएर दिनुभयो मलाई त खाने बित्तिकै बान्ता भयो, मैले खाईन उहाँहरुले खानुभयो । ’ स्वास्थ्य जाँचका क्रममा हजुर आमा फुलमायाको मृत्य भईसकेको र नातिनी रविनाको अवस्था पनि गम्भिर भेटिए पछि स्थानीयहरुले स्वास्थ्य चौकी लगेको काशीगाउँ गाविसका प्राविधिक सहायक चन्द्र गुरुङ्गले जानकारी दिनुभयो । स्वास्थ्य चौकी लाने क्रममा रविनाको पनि बाटैमा मृत्यु भएको उहाँले बताउनु भयो । रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी (नातिनी) हुन् । उनीहरु काशीगाउँ–३ स्थित को नाम्चेमा रहेको गोठमा बस्दै आएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना