दलबीच बन्ने सहमति सत्तामा जानका लागि मात्र बन्न हुँदैन– नेता सिंह

काठमाडौँ, असार २५ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले मुलुकसामु अहिले संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने चुनौती रहेकाले अब संविधान कार्यान्वयनसहितको सहमति हुनुपर्ने विचार राख्नुभयो ।

उहाँले पार्टीको १३औँ महाधिवेशन सकिएको लामो समय बित्दापनि विधानअनुसार पार्टी सभापतिले पदाधिकारी चयनलगायतका काम गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

पार्टी विधिविधानअनुसार चलेन भन्नेले जिम्मेवारीमा पुगेपछि पार्टी चलाउन कतिको ग्राहो हुन्छ भने बल्ल महसुस गरेको सिंहले उल्लेख गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना