भक्तपुरको बाहिरी चक्रपथ १५ वर्षमा ३० किमी बन्यो

भक्तपुर, असार २५ गते ।  भक्तपुरको बाहिर चक्रपथ १५ वर्षमा ३० किलोमिटर मात्र निर्माण भएको छ ।  २०५७ सालमा निर्माण सुरु गरिएको ५२ दशमलव ७ किलोमिटर सडकमध्ये हालसम्म जम्मा ३० किलोमिटर कालोपत्र, चार किलोमिटर धुले सडक र बाँकी सडक ग्राभेल गरिएको छ ।  
केन्द्रीय बजेटको अभाव र जिल्ला विकास समितिको आफ्नै बजेटले मात्र काम गर्नुपर्दा सडक निर्माणले गति लिन नसकेको भक्तपुरका स्थानीय विकास अधिकारी धु्रव कोइरालाले जानकारी दिनुभयो ।  ‘जिविसको स्रोतले मात्र सडक निर्माण गर्दा यो सडक सम्पन्न हुन अझ १५ वर्ष लाग्छ’, यो सडक निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपियाँ लाग्ने जानकारी गराउँदै कोइरालाले भन्नुभयो ।  
उहाँका अनुसार कालोपत्रे सम्पन्न भएका सडक खण्डमा लोकन्थली, कौशलटार, बालकोट बिरुवा सडक, गुन्डु गणेशमान बाटिका, सूर्यविनायक सिपाडोल डोलेश्वर, साँगा, चित्तापोल र ताथली सडकबाहेक अन्य कालोपत्रे भएका छैनन् ।  अन्य सडक धुले र हलुका ग्राभेल मात्र भएका छन् ।  
भक्तपुर नगरपालिकाबाहेक भक्तपुरका पाँचवटा नगरपालिकालाई छुने गरी बाहिरी चक्रपथ निर्माण कार्य सुरु गरिएको हो ।  लोकन्थली, कौशलटार, बालकोट, सिरुटार, दधिकोट–बिरुवा, गुन्डु, गणेशमान स्मृति वाटिका (कटुञ्जे) सूर्यविनायक, सिपाडोल साविक गुन्डु गाविस चोक, डोलेश्वर महादेवस्थान, नँखेल, पलाँसे, दीपेन्द्र प्रहरी स्कुल (साँगा), चित्तपोल भङ्गाल, ताथली सरस्वती माविसम्म भक्तपुर बाहिरी चक्रपथले जोडिने छ ।  
त्यस्तै वागेश्वरी हँुदै मुहानपोखरी, नगरकोट सडक, तेलकोट भञ्ज्याङ, छालिङ (पर्यटन मार्ग), झौखेल गेलालगाउँ, दुवाकोट सरस्वतीखेल, बोडे, नगदेश, मगरगाउ“–१७, पुरानो ठिमी (एस.ओ.एस. बालग्राम) हुँदै पुनः लोकन्थलीसम्म बाहिरी चक्रपथ सडकले जोडिने छन् ।  
कोइरालाले भन्नुभयो, ‘सडक निर्माणका लागि जिविसले वार्षिक ४० देखि ५० लाख रुपियाँ खर्च गर्ने गरेको छ, अहिलेसम्म जति सडक निर्माण भयो सबै जिविसको मात्र लगानीमा भएको छ, यहाँका स्थानीय रानजीतिक दलले सडक निर्माणका लागि केन्द्रीय बजेटका लागि पहल नगरेकाले निर्माण कार्य ढिलो भएको हो । ’ सडकको ट्र्याक खोल्न काम भने सबै स्थानमा सम्पन्न भइसकेको छ ।  हालसम्म खर्च भएका अधिकांश बजेट ढल र पर्खाल लगाउनमा नै खर्च हुने गरेको जिविसले जनाएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना