प्रधानमन्त्री मुकेश कायस्थको घरमा


pmमधुसुधन तिमल्सिना, काभे्र, असार २४ गते । प्रधानमन्त्री केपी शार्म ओलीले जनआन्दोलन ०६२÷०६३ का जिउँदो शहिद मुकेश कायस्थको काभ्रेको बनेपास्थित घरमा पुगी उहाँको अबस्थाबारे शुक्रबार जानकारी लिनु भएको छ ।
प्रधानमन्त्री भेटन आफ्नो घरमा आउँदा निकै खुबी बनेका कायस्थ परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शहिदको वलिदानीबाट प्राप्त संविधानको कार्यान्यनमा जोड दिन आग्रह गरेका थिए ।
जनआन्दोलन २०६२÷०६३ मा घाईते भई ओछ्यानमा अर्धचेत अबस्थामा रहेका मुकेशलाई भेट्न पुग्नुभएको प्रधानमन्त्री ओलीलाई मुकेशकी आमा मिरा कायस्थले आफूहरूले भोगेको पीडा अन्य परिवारले भोग्नु नपरोस भनेर संविधान कार्यान्यनमा जोड दिन आग्रह गरिएको बताउनुभयो ।
मुकेशलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री ओलीले जिउँदो शहिद मुकेशले देशको लागि अतुलनीय योगदान गरेको भन्दै उच्च सम्मानका साथ स्वास्थ्य लाभको कामना गर्नुभयो ।
मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले मुकेशलाई जिउँदो सहिदको रुपमा घोषणा गर्न आग्रह गर्नुभयो । उहाँले जिउँदो सहिदको नाममा हुलाक टिकट समेत राज्यले व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । मुकेश २०६२ साल चैत २७ गते जनआन्दोलनका क्रममा प्रहरीले चलाएको गोली  कन्चटमा लागेर बनेपामा घाइते हुनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना