चट्याङ लागेर दुईको ज्यन गयाे

छविलाला पाण्डे, वुटवल, असार २४ गते । रुपन्देही जिल्लाको मैनहिया गाविस ४ अमारीमा विहिवार साँझ ७ वजे खेतमा काम गरिरहेको समयमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्थानीय ४४ वर्षीया शुभवती धवल र निजका २० वर्षीय छोरा रामकेश धवलको मृत्यु भएको हो ।
चट्याङ लागेर स्थानीय ६५ वर्षीया सोनमति भर र १९ वर्षका प्रदिप भर घाईते भएका छन् । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेपछि शुभवती र रामकेश धवललाई उपचारका क्रममा भैरहवा मेडिकल कलेज लगेपनि उनीहरूको मृत्यु भएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले वताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना