अछामका सबै सामुदायिक अध्ययन केन्द्रका खाता रोक्का


शिवराज ढुँगाना
मंगलसेन, असार २४ गते । अछाम जिल्लामा अनुमति पाएका सबै सामुदायिक अध्ययन केन्द्र मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै केन्द्रक  खाता रोक्का गरिएको छ । गाविस तहमा विभिन्न शैक्षिक गतिविधि संचालन, अध्ययन सामग्री उपलब्ध गराउने मूख्य उद्देश्यका साथ स्थापना भएका ४२ वटै सामुदायिक अध्ययन केन्द्रका खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ । अध्ययन केन्द्रको खाता रोक्का भएपछि बर्षभरिमा अध्ययन केन्द्रमा काम गर्ने व्यक्तिले पारिश्रमिक पाउनबाट बञ्चित हुने भएका छन् ।
अनुमति पाएका सामुदायिक अध्ययन केन्द्रले मापदण्ड अनुरुप काम नगर्नु र केन्द्रमा गएको रकम अपारदर्शी भएको भन्दै खाता रोक्का गरिएको हो ।  गाविसको सिफारिसमा जिल्ला शिक्षा कार्यालयले स्वीकृति र सञ्चालन खर्च उपलब्ध गराउने अध्ययन केन्द्र पाँच÷पाँच बर्षसम्म पनि सामाजिक परीक्षण, बार्षिक लेखापरिक्षण नभएको र खर्च अपारदर्शी भएको कार्यालयको निष्कर्ष छ । कार्यालले सबै अध्ययन केन्द्रहरुलाई सामाजिक परिक्षण, लेखापरिक्षण र खर्चको पारदर्शिताको प्रमाण पेश गर्न निर्देशन दिएको छ । अनुमति पाएका अध्ययन केन्द्रले केही समय भित्रमा मापदण्ड अनुसार काम नगरेमा खारेज गर्ने सम्मको कारबाही गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ  तर कहिलेसम्म मापदण्ड पुरा गर्ने भन्नेमा उल्लेख छैन ।

यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले भन्नुभयो, “अध्ययन केन्द्रले पाँच बर्ष सम्म पनि लेखा परीक्षण गरेका छैनन् ।” अधिकांश अध्ययन केन्द्रले आफु अध्यक्ष, नजिकका मान्छे सचिव, कोषाध्यक्ष बनाउने र रकमको पारदर्शी काम नगर्ने गरेको पाईएको बताउनुभयो । कार्यालयले बार्षिक रुपमा दिने ५० हजार र अन्य निकायबाट आउने रकमको समेत हिसाब किताब नराखेको अधिकारी विष्टको भनाई छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रलाई बार्षिक ५० हजार दिँदै एक जना सहजकर्ता राख्न र बाँकी रकमको विभिन्न पुस्तक, अध्ययन सामग्री, पत्रपत्रिका नियमित उपलब्ध गराउनु पर्ने ब्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना