एसियाकै दोस्रो लामो झोलुङ्गे पुलमा बल्ल संरक्षण प्रयास !


बासुदेव भटट्

कञ्चनपुर, असार २४गते । कञ्चनपुरको महाकाली नदीमा ११ बर्ष अघि निर्माण भएको एसियाकै दोस्रो लामो ‘झोलुङ्गे पुल’ लाई पर्यटकीय गन्तव्य बनाउका लागि संरक्षण तथा सिङ्गारिन लागिएको छ ।
एसियाकै दोस्रो लामो १४ सय ५२ .९६ मिटर लामो पुल उचित संरक्षण, सम्र्बद्धन र प्रर्बद्धनका कार्यक्रम संचालन नहुँदा ओझेलमा पर्दै गएको पुललाई हाल सिङ्गारिन लागिएको हो  । पारि दोधाराचाँदनी वारि भिमदत्त नगरपालिकासँगै जोडिएको पुलको उचित मर्मत सम्भार अभावका कारण पनि पुल जीर्ण बन्दै गएको छ ।
जिल्ला सदरमुकामदेखि झण्डै १० किलोमिटर पश्चिम दूरीमा रहेको झोलुङ्गे पुल क्षेत्रमा पर्यटकका लागि चाहिँने आवश्यक आधारभूत स्रोत साधन अभावका कारण पर्यटकहरुलाई भि¥याउन समस्या भएको छ ।
पुल क्षेत्रमा उचित बसोबास, खानपानका होटेल, खानेपानी, शौचालय, पार्किङ्ग स्थल निश्चित गर्ने जस्ता काम नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको छ । महेन्द्रनगरदेखि पुलसम्म करिब करिब सडक पनि पक्की बन्न लागेको छ । सडक सुधार भएका कारण पनि पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ ।
स्रोत साधन भए पनि पुल क्षेत्रमा आउने पर्यटकहरुका लागि आकर्षणका कार्यक्रम भने कहिल्यै भएनन् । बरु पुल बनेपछि तस्करहरुका लागि आधार बन्यो, पुल क्षेत्रमा पनि पर्यटकीय आकर्षणका कार्यक्रम संचालन हुन पर्यटक दोहरिएर नआउने अवस्था थियो । अहिले आएर झोलुङ्गे पुलको पर्यटन प्रर्बद्धनका लागि दक्षिण एसिया अध्ययन तथा विकास केन्द्रले पुल क्षेत्रमा सिङ्गार्ने काम गरिरहेको छ ।
पर्यटनका लागि भन्दै विकास केन्द्रले पर्यटन बोर्डको सहयोगमा पर्यटन प्रर्बद्धनका विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । दक्षिण एसिया अध्ययन तथा विकास केन्द्रका अध्यक्ष प्रेम सिह भाटले झोलुङ्गे पुल पनि कञ्चनपुरको मुख्य पर्यटकिय गन्तव्य भएपनि प्रचार प्रसार र पर्यटकिय आकर्षणका कार्यक्रम संचालन नहुँदा खासै पर्यटकहरुलाई मनोरन्जन नपुग्ने बताउनुभयो ।
उनका अनुसार हाल झोलुङ्गे पुल क्षेत्रमा पुष्प बाटिका निर्माण गरिएको छ । पुल क्षेत्रमा रङरोगन, पर्यटकलाई बस्न गर्न बेच्न राखिएका छन् । कञ्चनपुरका विभिन्न स्थानहरुमा ‘पर्यटकिय स्थल दोस्रो लामो झोलुङ्गे पुल’ भन्ने शिर्षक राखेर होडिङ्ग बोड समेत राखिएका छन् ।

 झोलुङ्गे पुल क्षेत्रमा शोभा बढाउदै स्थानिय

सूचना पार्टी, जनचेतनामुलक स्लोगन राखेर प्रर्चा पम्पलेट समेत राखिएका छन् । पुल जाने स्थलमा समेत गाईड चिन्ह राखिएका छन् । पुलको मुनी कलकल बन्ने महाकाली प्राकृतिक रुपमा सौन्दर्य भएपनी आधुनिकतासँगै पर्यटकहरुका लागि थकान मेट्ने स्थल अनिवार्य हुनुपर्नेमा अध्यक्ष भाटले जोड दिनुभयो ।
कञ्चनपुरका पर्यटन व्यवसायीले झोलुङ्गे पुल प्रर्बद्धनका लागि अझै कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिएका छन् । पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले पुल क्षेत्रमा भ्यू टावर निर्माण गर्नुपर्ने बताउनु भयो । पुलको बेला बेलामा मर्मत सम्भार समेत गर्नुपर्ने उहाँको भनाई थियो ।
झोलुङ्गे पुल मर्मत शाखाले हरेक बर्ष पुल मर्मतका लागि टेण्डर आब्हान गरेपनि उक्त काम प्रभावकारी नभएको स्थानियहरुको गुनासो छ । जिल्ला विकास समिति कञ्चनपुरका योजना अधिकृत सिद्धराज पन्तले डोलिडार बाट हरेक बर्ष पुल मर्मत गर्नका लागि टेण्डर आब्हान गरिदै आएको बताउनुभयो ।
उहाँका अनुसार जिविसले हरेक आर्थिक बर्षमा सवारी कर उठाउदै आएको छ । पुलमा अध्याधिक लोडका सवारी साधन आगमनले समेत पुल कमजोर बन्ने गरेर  । साथै पुलले थेग्न नसक्ने लोड नल्याउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना