चौडा सडकमा बढी दुर्घटना , ट्रफिक प्रहरी असुलीमा !


सिराज खान
नेपालगञ्ज, असार २४ गते । बाँकेको कोहलपुर–जमुनाह चार लेन सडकमा सवारी दुर्घटनाको संख्यामा बृद्धि भएको पाइएको छ । अत्यधिक तीव्र गतिका कारण चार लेन सडकमा सवारी दुर्घटना बृद्धि भएको ट्राफिक प्रहरीको भनाई छ ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार पछिल्लो दुई बर्षको अवधिमा सुविधा सम्पन्न भनिएको फोरलेन सडकमा भएका दुर्घटनामा परि ८० जना मानिसको ज्यान गएको छ भने, १५० जनाभन्दा बढि  घाईते भएका छन् ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७१÷०७२ मा बाँके जिल्लामा १३७ सवारी दुर्घटना भएकोमा ४१ जनाको ज्यान गएको थियो भने १०७ जना सख्त घाइते भएका थिए । त्यस मध्ये अधिकांश दुर्घटना चार लेनको चौडा सडकमै भएको पाइएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
चालु अािर्थक बर्षमा पनि बा“के जिल्लामा दुर्घटनामा परी ४० जना मानिसहरुको ज्यान गइसकेको छ ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) राजेन्द्र खड्काले ट्राफिक नियम मिचेर सवारी साधन चलाउनेलाई कारवाही, जनचेतना मुलक कार्यक्रम, नियमित चेक जांचलाई तिब्रता दिइएको छ ।

उता, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको मुख्य गेटमा रहेको बिटबाट दैनिक रुपमा सवारी साधनहरुबाट पैसा उठाउने गरेको गुनासो चालकहरुको छ । कोहलपुर भएर छुट्ने दाङ, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट तथा पुर्व चल्ने सवारी साधनबाट चिया पानीका लागि भन्दै एक सय देखि पाँच सय रुपियाँसम्म असुली गरिरहेको उनिहरुले जनाएका छन् ।
यस्तै क्षेत्रिय ट्राफिकको मातहतमा रहेको चप्परगौडीको बिट, कोहलपुर त्रिभुवन उच्च माविको विटबाट ट्राफिक प्रहरीले जरिवानाको नाममा रसिद नै नदिएर  रकम असुली गरिरहेको आरोप पनि लगाईएको छ । ट्राफिक प्रहरीले सबैभन्दा धेरै ट्याक्टरबाट रकम उठाउने गरेको जनगुनासो छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना