बङ्गलादेशमा प्रार्थनास्थलमा बम आक्रमण ठूलो संख्यामा हताहत

ढाका, असार २३ गते । बङ्गलादेशको राजधानी ढाकाबाट उत्तरतर्फ पर्ने एक जिल्लामा मुस्लिम अतिवादीहरुले बिहीबार रमादानको प्रार्थनाका लागि उपस्थित भएका ठूलो सङ्ख्याका व्यक्तिलाई लक्ष्यगरी बम हानेका छन् ।

उक्त बम हमलामा परी एकजना प्रहरीको ज्यान गएको छ भने थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलमा प्रहरी ।

उत्तरी जिल्ला किसोरगन्जमा बिहीबार बिहान सो हमला भएको बताइएको छ । बताइएअनुसार प्रार्थनाका लागि कम्तीमा पनि दुई लाख मानिस जम्मा भएका र सो स्थलमा बम हमाल भएको थियो ।

उक्त हमलामा एकजना प्रहरी मारिएको प्रारम्भिक सूचनामा जनाइएको छ । उक्त क्षेत्रमा ठूलो सङ्ख्याका मानिस रहेकोले आक्रमणकारीहरुले उनीहरुलाई नै लक्षित गरेको जनाइएको छ ।

उक्त जिल्लाका एकजना प्रहरी अधिकारी महाबुर रहमानले भने– सो ठूलो सङ्ख्याको भीडलाई लक्ष्यगरी केही व्यक्तिले बम हमला गरेका थिए ।

सो हमलाबाट एकजना प्रहरीको ज्यान गएको छ भने एक आक्रमणकारी पनि मारिएका छन् । अर्का एकजना आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शनिबार मात्र पनि राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टमा आतङ्कवादीहरुले हमला गरी आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको हत्या गरेका थिए ।

घाईतेको उद्धार गरिंदै । तस्वीर ः बीबीसी

राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।

यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।

प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।

मारिनेमा इटाली र जापानका नागरिक धेरै नागरिक परेका थिए । उक्त हमलापछि बङ्गलादेश सरकारले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी सुरक्षालाई चुस्त बनाएको छ ।
उक्त जिल्लाका प्रहरी उपप्रमुख तोफाजल हुसेनले सो आक्रमणपछि पनि हतियारधारीहरुले बम हमला गरेका जानकारी दिएका छन् । उनका अनुसार आतङ्ककारीहरुले सो आक्रमण पछि बन्दुक चलाएका थिए ।
केही घन्टायतादेखि प्रहरीसँग उनीहरुको भीडन्त जारी रहेको छ । रासस÷एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना