फ्रान्स दाबेदार, ठूलो खेलाडी जर्मनी

franceमार्से (फ्रान्स), असार २३ गते ।  विश्वकप विजेताविरुद्ध आयोजक त्यो पनि सेमिफाइनलमा ।  यस्तो खेल विशेष हुन्छ ।  त्यसैले फ्रान्सले घरेलु मैदानमा बिहीबार राति खेल्ने जर्मनीविरुद्धको खेल अविस्मरणीय हुने अपेक्षा गरिएको छ ।  जर्मनी केही घाइते तथा प्रतिबन्धित आफ्ना प्रमुख खेलाडी बिना सेमिफाइनल खेल्दैछ ।  फ्रान्सको भने यस प्रतियोगितामा यो हेभिवेट टिमविरुद्ध पहिलो खेल हुनेछ ।  फ्रान्स र जर्मनीबीचको प्रतिद्वन्द्विता राजनीतिक र युद्धकालीन इतिहासले पनि तातिने गर्छ तापनि यी दुई टिमबीचको चर्चामा फुटबलकै कुरा पर्याप्त हुन्छ ।
फ्रान्सका समर्थकले अहिले पनि सन् १९८२ को विश्वकपको सेमिफाइनल भुलेका छैनन् ।  सो समय तत्कालीन पश्चिम जर्मनीले बढी घम्साघम्सी गरेर खेल टाइब्रेकरमा लगेपछि फ्रान्सलाई पेनाल्टीमा हराएको थियो ।  अनि जर्मनीका गोलरक्षक हेराल्ड सुमाखर फ्रान्सेली जनतामाझ घृणाको पात्र बन्नुभयो ।  सो खेलमा सुमाखरले फ्रान्सका प्याट्रिक ब्याटिसनमाथि आक्रमण गर्नुभएको थियो ।  जसले फ्रान्सेली खेलाडी चोट लागेर अचेत पनि भए ।
सन् १९९० मा दुई जर्मनी एक भएपछि खेलिएका आठ खेलमध्ये फ्रान्सले पाँचमा जित हात पारेको छ ।  गत नोभेम्बरमा मात्र फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो तर ती सबै जित अन्तर्राष्ट्रिय मैत्री खेलमा फ्रान्सलाई प्राप्त भएका थिए ।  यसैबीच फ्रान्सले एक खेल हा¥यो तर त्यो निकै महìवपूर्ण खेल थियो ।
सन् २०१४ मा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले १–० ले खेल जिती फ्रान्सलाई बिदा गरेको थियो ।  भन्नुपर्दा प्रमुख प्रतियोगितामा सन् १९५८ देखि नै फ्रान्सले जर्मनीलाई हराउन सकेको छैन ।  पछिल्लो विश्वकपमा जर्मनीका लागि निर्णायक गोल गर्ने म्याट्स हमेल्सले फ्रान्सविरुद्ध खेल्न पाउनुहुनेछैन ।  उहाँ प्रतिबन्धित हुनुहुन्छ ।  साथै जर्मनीले फरवार्ड मारियो गोमेज र मिडफिल्डर सामी खडरिया बिना नै फ्रान्सविरुद्ध खेल्नुपर्नेछ ।  फिटनेसका कारण मिडफिल्डर बास्टियन स्वाइन्स्टाइजरले खेल्नेमा पनि शङ्का छ ।  जर्मनीको टिमका प्रबन्धक ओलिभर बियरहोफले फ्रान्सलाई नै दाबेदार मान्नुभएको छ ।
फ्रान्सका प्रशिक्षक डिडियर देस्याँलाई भने दुरुस्त टिम प्राप्त छ ।  अहिलेसम्म उहाँको टिमले प्रतियोगितामा ठूला टिमसँग भिड्न पनि परेको छैन ।  प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा आयरल्यान्ड र आइसल्यान्डसँग पर्नु फ्रान्सका लागि भाग्य नै बन्यो ।  यद्यपि आयरल्यान्डसँग एक गोल र आइसल्यान्डसँगको खेलमा दुई गोल बेहोर्नुले फ्रान्सको रक्षापङ्तिको कमजोरी देखाएको छ ।  फ्रान्सको अहिलेसम्मको सबभन्दा कठिन खेल भनेको समूह चरणमा स्विजरल्यान्डविरुद्धको भिडन्त मात्र रह्यो ।  
सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।  पछिल्लो विश्वकपको सेमिफाइनलमा पनि जर्मनीले घरेलु टिम नै प्रतिद्वन्द्वीका रूपमा पाएको थियो ।  त्यसबेला जर्मनीले खेल मात्र जितेन घरेलु टिम ब्राजिलको मानमर्दन नै ग¥यो ।  ७–१ ले ब्राजिललाई हराउने जर्मनीले यसपालि फ्रान्सले घरेलु मैदानमा लामो समयदेखि बनाएको आधिपत्य नतोड्ला भन्न सकिन्न ।  फ्रान्स घरेलु मैदानमा तेस्रोपटक युरो च्याम्पियन बनेर ह्याट्रिक गर्ने दाउमा रहेको छ ।  एपी  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना