एक अर्व ३७ करोडको अफिम खेती नष्ट

nepalgung
सिराजुद्दिन खान, नेपालगञ्ज, असार २२ गते । प्रहरीले पछिल्लो तीन महिना यता भेरी अञ्चलमा मात्रै एकअर्ब बढीको लागु औषध, अफिम खेती नष्ट गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीको नियमित पत्रकार भेटघाटमा सो परिमाणमा अफिम खेती नष्ट गरिएको तथ्यांक दिएको हो ।‘व्यवसायिक रुपमै हुने अफिम खेती नष्ट गरिएको छ’, अञ्चल प्रहरी प्रमुख, एसएसपी धिरु बस्न्यातले पत्रकारहरुस“ग भन्नुभयोे, ‘ठूलो सञ्जाल ध्वस्त पारिएको छ ।’
गत बैशाख यताको तथ्याङ्क दिंदै एसएसपी बस्न्यातले २५० रोपनी जग्गामा लगाइएको अन्दाजी एक अर्ब ३७ करोड ५० लाख बढी बजार मूल्यको अफिम खेती नष्ट गरिएको बताउनुभयो । पहाडी जिल्लामा अफिम खेती मौलाइरहेका बेला प्रहरीले नष्ट गर्ने अभियान चलाएको छ ।
त्यस अवधिमा भेरी अञ्चलका पा“च जिल्लामा ४६ जना लाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट ६०.४ ग्राम ब्राउनसुगर, ५ केजी अफिम, १२ केजी चरेस लगायतका लागु औषधहरूबरामद गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना