चलचित्र पर्शुरामको फस्टलूक सार्वजनिक

दाङ, असार २२ गते । दाङमा छायाङ्कन भएर पहिलो पटक उच्चकोटीको प्रविधिसहित ठूलो बजेटमा निर्माण हुन लागिरहेको चलचित्र पर्शुरामले गाउँदेखि सहरसम्म व्यापक चर्चा कमाएको छ । आउँदो साउन महिनामा रिलिजको तयारी गरिएको चलचित्र पर्शुरामको फस्टलूक सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको हो ।
    नेपाली चलचित्र पनि अन्य देशका चलचित्र भन्दा कम हुँदैनन् भन्ने छाप छोड्ने विश्वाससहित निर्माण गरिएको पर्शुरामको दाङमा गाउँगाउँ, सहर सबैतिर व्यापक प्रचारप्रसार गरिएको छ । दाङमा सुटिङ भएका कारण सबैको जनबोली बनेको पर्शुरामको पोस्टर निर्माण पक्षले चारैतिर पु¥याएको छ । सहरमा मानिसहरु बढि जम्मा हुने स्थानहरु होटल, सिनेमा हल, चोक, रिर्सोट, पसल, पानपसल, सार्वजनकि सवारी साधनहरुमा पर्शुरामको पोस्टर देख्न सकिन्छ ।
    व्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन युवा निर्देशक एनआर घिमिरेले गर्नुभएको छ । चलचित्रमा दर्जन बढी चलचित्रमा अभिनय गरेर चर्चाको शिखरमा रहनु भएका सफल नायक किशोर खतिवडाको सशक्त अभिनय गरेको चलचित्र पर्शुराममा नायिका जानवी बस्नेत, नवनायक÷नायिकाहरुहरु नवराज रावत, स्वस्ती क्षेत्री, चर्चित कलाकार सुशील पोख्रेललगायतको अभिनय रहेको छ ।     चलचित्रमा मुख्य भूमिकामा दाङका सफल व्यवसायीहरु यादव सैघाली, राजभक्त राना, महेन्द्र बुढाथोकीको पनि अभिनय पर्शुराममा देख्न सकिनेछ ।
    पोष्ट प्रोडक्सनको अन्तिम तयारीमा रहेको पर्शुरामको प्रचारप्रसारका लागि निर्माण पक्ष देशव्यापी दौडाहा लगाउने योजनासहित अगाडि बढेको छ । चलचित्रका कार्यकारी निर्माता सविन प्रियासन जिल्लाका चर्चित सञ्चारकर्मी पनि हुनुहुन्छ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार समेत रहनुभएका प्रियासनको देश, विदेशमा राम्रो दख्खल भएकाले पर्शुरामको प्रचारप्रसारमा कुनै कमि नआउने निर्माण पक्षको भनाइ छ ।
    दाङ निर्माण व्यवसायी संघका अध्यक्ष तथा सञ्चार उद्यमी बलिभद्र रानाको प्रस्तुतीकारुपमा रहेको पर्शुरामको निर्माण संयोजकमा प्रतिष्ठित उद्योगी खड्गबहादुर बुढाथोकी हुनुहुन्छ । चलचित्रमा यादव सैघाली, महेन्द्र बुढाथोकी, राजभक्त राना, पारश बस्नेतलगायतको लगानी रहेको छ । चलचित्रमा एक करोडको लागनी रहेको बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना