सुपका महिला तथा बालबालिकाको हालत उस्तै

डोटी, असार २२ गते । सुदूरपश्चिमका पिछडिएका महिला तथा बालबालिकाको अधिकार अझै पनि सुनिश्चित हुन नसकेकोे डोटी जिल्लामा सोमबार सञ्चालित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

रुडुक नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा डोटी जिल्लाका महिला तथा बालबालिकाले सो कुरा बताएका हुन् । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको रुडुकले केही हदसम्म परिवर्तनको प्रयास गरे तापनि लक्ष्यमा पुग्न नसकेको महिला तथा बालबालिका कार्यालय डोटीका निमित्त प्रमुख सबिना श्रेष्ठले बताउनुभयो ।

सुदूरपश्चिमकै आँकडा हेर्ने हो भने महिला चुलोचौकोमा सीमित रहेको र बालबालिका बालश्रममा पेलिएको श्रेष्ठले बताउनुभयो । ग्रामीण भेगका महिला तथा बालबालिकाको क्षेत्रमा रुडुुकले गरेको कार्य सराहनीय भएको भए पनि उक्त परियोजनाको समय अवधि कम भएको हुँदा लक्षित वर्गको अधिकार सुनिश्चित हुन नसकेको श्रेष्ठको भनाइ छ ।

समान अधिकारका लागि समान महिलाको आवाजलाई विस्तार गर्न सङ्कल्प सञ्जालको मूलमन्त्रका साथ सन् १९९५ मा डडेल्धुरामा स्थापना भएको रुडुकले हाल देशका विभिन्न १२ वटा जिल्लामा महिला तथा बालबालिकासम्बन्धी कार्य गरिरहेको डोटी रुडुकका अध्यक्ष जितबहादुर खड्काले बताउनुभयो ।

जिल्लामा कार्य गर्न आउने सङ्घसंस्थाको कार्यावधि कम हुने र कार्य प्रगति पनि खासै नदेखिने गरेकाले अहिलेसम्म पनि सुदूरपश्चिमका ग्रामीण क्षेत्रका लक्षित वर्गको उत्थान हुन नसकेको सहभागीले बताएका थिए । हाल रुडुकले डोटीको लाटामाडाँै, बनलेक, लक्ष्मीनगर, सरस्वतीनगर र गगुडामा काम गरिरहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना