जग्गा कारोबारले केरा कृषक मर्कामा

banana plating
शान्ता अधिकारी, रत्ननगर (चितवन),असार २१ गते । व्यवसायिक रुपमा केरा खेति गरेका चितवनका किसानहरू जग्गाको बढ्दो खण्डीकरणले चिन्तित भएका छन् । पछिल्ला केही वर्ष यता चितवनमा घरजग्गाको बढ्दो कारोवारले व्यवसायिक रुपमा खेति गरेका किसानहरूमर्कामा परेका हुन ।
केरा उत्पादक व्यवसायी किसान एवं चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्त जमिन खण्डीकरणको चपेटामा आफैं परेको बताउनुहुन्छ । उहाँले खैरहनी नगरपालिका–१ चैनपुरमा २०७१ सालमा पाँच वर्षका लागि  केरा उत्पादनको निम्ति लिएको खेतियोग्य जमिन एक बर्षको अन्तरालमा नै फिर्ता दिनु परेको तितो यथार्थ छ । केरा खेतीबाट केही गरौंला भनेर पन्तले विभिन्न व्यक्तिको नाममा रहेको जमिन विगाहको वार्षिक ५० हजार भाडा बुझाउने गरि लिनु भएको थियो ।
जग्गाधनीले समस्या देखाउँदै बिक्रीको लागि पहल गरे पछि न्यूनतम् क्षतिपूर्तिमा नै लगाएको केराबालि छोड्नु परेको उहाँको गुनासो छ । कूल ३० विगाह जमिनमा केरा खेति गरेका पन्तको एकै ठाँउमा १२ विगाह जमिनसम्ममा केरा खेती गर्नुभएको छ ।  
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवन जिल्लाका केही क्षेत्रहरू केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गराइएको छ । आर्थिक वर्ष २०६८÷०६९ मा यो शुरु भएको यो कार्यक्रमले छरिएर रहेका केरा उत्पादक किसानले आफ्ना व्यवसायलाई थप व्यवसायिक बनाउँदै लगेका थिए । चितवनको रत्ननगर नगरपालिका साविकको पदमपुर, पिठुवा, जुटपानी, चैनपुर पश्चिम चितवनको जगतपुर, भरतपुर उपमहानगरपालिका–१ को ठिमुरामा गरि छ सय २० जना कृषकहरू सहभागि रहेका छन् ।
पछिल्ला बर्षहरूका जिल्ला भित्र र बाहिरबाट समेत जमिन किन्नेहरू आएका कारण जमिन खण्डीकरण हुन थालेको हो ।
खेतीयोग्य जमिनको विचमा बाटो बनाउने, बाटोमा ग्राभल छर्ने र सँगै एकदुई वटा बिजुलीको पोल गाडी दिने गरेबाट साना ठूला सबै कृषक मर्कामा परेका छन् । जमिन खण्डीकरण पछि एकै ठाउँमा कृषि प्रयोजनको लागि धेरै जमिन पाउन छोडिएको छ । संघका उपाध्यक्ष घननाथ महतोले भन्नुभयो, “दुईचार गठ्ठामा खेती गरेर व्यवसाय चल्दैन धेरै जग्गा पाउननै गाहे भयो ।” महतोले भन्नुभयो ।
एक गाउँ एक उत्पादन कार्यक्रमले फष्टाउँदै गरेको चितवनको केरा व्यवसाय विदेश पलायन हुन सक्ने युवा शक्तिको आर्कषण बनेको थियो । कतिपय विदेश जान खुट्टा उचालेका युवाहरू केरा खेतीमै रमाएका थिए ।
ठूलाठूला ब्यापारी किसानको घर आगमनै केरा खरिद गर्न आउने अवस्था विकास हुँदै थियो । तर, पछिल्लो समय जमिनको बर्गीकरण नहुँदा जथाभावी रुपमा जमिन खण्डीकरण हुँदा यो व्यवसायनै धरापमा पर्न थालेको होकी भन्ने कृषकहरूको अनुमान छ । दुई विगाह जमिनमा केरा खेती गर्नु भएका कृषक भिमसेन पौडेल आफू यो पेशामा टिकीरहन सकिँदैनकी भन्नेमा चिन्तित हुनुहुन्छ ।   
चितवन केरा उत्पादक संघले  दिएको जानकारी अनुसार चितवन जिल्लामा मात्र दुई हजार पाँच सय विगाह जमिनमा केराखेति गरिएको छ । हाल सम्म एक गाउँ एक उत्पादन अन्तरगत छ सय २० जना जना कृषकलाई प्रत्यक्ष रुपमा केरा खेतीमा संलग्न छन् । प्रत्येक बर्ष केरामा प्राकृतिक प्रकोप हावाहुरीले नोक्सानी गर्दै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना