चीन प्रवेशमा पास अनिवार्य


ध्यान कुलुङ
सङ्खुवासभा, असार २१ गते । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले नेपालबाट छिमेकी राष्ट्र चिन जाँदा अनिवार्य प्रवेश पास लिनुपर्ने ब्यावस्था गरेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयले हालैबाट अस्थायी प्रवेश पास प्रयोग गर्न थालेको छ ।
यो प्रवेश पास लागु गर्ने कार्य पहिलो पटक भने होईन । चिनको रियु प्रशासन प्रमुखले एक बर्ष अघि नै सीमा प्रहरी चौकी किमाथाङ्कालाई चीन आउनेहरुलाई अनिवार्य प्रवेश पास दिन अनुरोध गरेको थियो । त्यसपछि सामान्य कागजमा लेखेर पठाउँदै गरेकोमा यस बर्षबाट ब्यवस्थित प्रवेश पासको ब्यावस्था गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गौतमकुमार केसीले बताउनुभयो । हालै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले एक कार्यक्रम आयोजना गरि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई प्रवेश पास हस्तान्तरण गर्दै उक्त प्रवेश पास लागु गरिएको घोषणा गरिएको थियो ।
यो प्रवेश पास नेपाली नागरिकलाई मात्र दिईने प्रहरी नायव उपरिक्षक केसीले बताउनुभयो । निश्चीत समयको लागि चीन गएर फर्केपछि सिमा प्रहरीलाई अनिवार्य रुपमा पास फिर्ता दिनुपर्ने समेत बताईएको छ । किमाथाङ्का क्षेत्रका नागरिकहरु दैनिक उपभोग्य सामान आयात गर्न दिनहँ जसो तिब्बतको देन्दाङ र चाँगा बजार जाने गर्छन । ब्यवस्थित प्रवेश पासको ब्यावस्था गरिएपछि नागरिकले पहिलेको जस्तो झण्झट बेहोर्नु नपर्ने पनि बताइन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना