आठ महिने बालिकाको हत्या

सन्तोष राउत

सोलुखुम्बु, असार २१ गते । सोलुखुम्बुको गुदेल–९ मा एक ब्यक्तिले आफ्नो आठ महिने अबोध छोरीको हत्या गरेका छन् ।
नाम्लुङका ३० वर्षीया शुखधन राईले शिशुको घाँटीमा धारिलो हतियार प्रहार गरी शरिर र टाउको छिन्नभिन्न गरिदिएको स्थानीय बिलास राइले जानकारी दिनुभयो । शिशुको टाउको घर नजिकै दोबाटोमा भेटिएको छ भने शरिर फेला परेको छैन ।
बिहान करिब ८ बजेको समयमा भएको घटना लगत्तै गाउँलेले ती पुरुषको खोजी गरिरहेको भएपनि फेला नपरेको बताइएको छ । घटनापछि उनको श्रीमति सहित परिवारको घरमा रुवाबासी चलेको छ । स्थानीय बिलास राईकाअनुसार शुखधन राई केही समयदेखि मानसिक रुपमा असन्तुलित थिए ।
शुखधनले करिब तीन महिनाअघि मात्रै देउसाकी महिलासँग शिशु सहित बिबाह गरेका थिए । नाम नखुलेकी ती महिलाको शुखधनसँग दोस्रो बिबाह भएको थियो । घटनाबारे जानकारी भएपछि सोताङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना