शून्य समयमा नबोली विरोधको सङ्केत

काठमाडौंँ, असार २१ गते । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिनुभयो ।

केहीले प्रश्नैप्रश्नका साथ आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुभयो भने केहीले शून्य समय र विशेष समयमा बोलेका कुरा सम्बोधन नभएकाले एक मिनेटका लागि निर्धारित शून्य समयमा केही नबोली उभिएर साङ्केतिक विरोध गर्नुभयो ।

बाढीपहिरो, भूकम्पपीडितका समस्या तथा पुलपुलेसा, सिँचाइ नहर र कुलो, तटबन्ध निर्माण र तराई– मधेसका समस्या समाधानमा सबै पक्षको सहयोग अपरिहार्य हुने अभिमत उहाँहरूले व्यक्त गर्नुभयो ।

शून्य समयमा स्थानीय समस्या समाधानका निम्ति सदन र सरकारको ध्यानाकर्षण गराउने रामचन्द्र पोखरेल, रामकृष्ण यादव, राजेश्वरी राई, रामनारायण बिंडारी, रामहरि सुवेदी र राधाकृष्ण पनेरु हुुनुहुन्थ्यो ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर गोपाल दहितले सङ्घीय गठबन्धन लगायत मधेसका साना दलले उठाएका माग सम्बोधन गर्न सरकार, सदन र प्रमुख प्रतिपक्षी दल गम्भीर हुनुपर्ने बताउँदै नेपालको संविधानप्रति आफूहरूको असहमति दोहो¥याउँदै सदन बहिष्कारको घोषणा गर्नुभयो ।

सांसद दहितको घोषणासँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध सांसद बैठक कक्षबाट बाहिरिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना