सम्बन्ध विच्छेद समाधान होइन

bindu adhikariविन्दु अधिकारी ढकाल



वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्ध विच्छेद हो ।  हिजोआज नेपाली समाजमा सम्बन्ध विच्छेदका घटना अधिक हुने गरेका समाचार सार्वजनिक भइरहेका छन् ।  एकाघरमा पति पत्नीबीच खटपटी भएर सँगै बसोबास हुन नसक्दाको अवस्थामा यो अप्रिय निर्णय हुनेगर्छ ।  यतिवेला नेपाली समाजमा सम्बन्ध विच्छेदका धेरै घटना सहरी क्षेत्रमा देखिन्छन् ।  बाल विवाह, बहुविवाह, अनमेल विवाह÷अन्तरजातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी सम्पत्ति, रोग, निःसन्तान एवं शङ्कालु भावनालगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउ“छ ।  
हाम्रो समाज पुरुष प्रधान समाज हो ।  यहा“को धार्मिक परम्परा र संस्कारबमोजिम महिलाले जहिल्यै पनि दोस्रो दर्जाको नागरिक भएर बा“च्नुपर्ने बाध्यता छ ।  महिलाले आफू महिला भएर जन्मिएकै कारण विभिन्न शारीरिक, मानसिक, सामाजिक विभेद खेपिरहेका छन् ।  बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारमा पनि महिला नै पर्ने गरेका छन् ।  पछिल्लो समय बालिका तथा महिला आफ्ना नातेदार पुरुषबाट बलात्कृत हुने गरेका समेत घटना सार्वजनिक भइरहेका छन् ।  ज्यादतिपूर्ण त्यस्ता घटनाका खबरले अखबारका पाना भरिएका हुन्छन् ।  बालिका तथा महिलामाथि हुने गरेका दर्दनाक यी घटनास“ग जोडिएका सबैखाले अनैतिक कार्य नै महिलाविरुद्धका हिंसा हुन् ।  यस्ता हिंसाजन्य अवस्थाले नै बाध्य भएर महिला आवाज बुलन्द गर्न अघि सर्छन् ।  फलस्वरूप न्याय प्राप्तिको उत्कट चाहनाले न्यायालयको ढोका घच्घच्याउन बाध्य हुनुपरेको छ ।  परम्परागत समाजमा पुरुषलाई बहुविवाह गर्न छुट थियो ।  त्यसमा महिलाले कुनै प्रतिकार गर्दैनथे ।  लोग्नेले आफूप्रति जस्तो व्यवहार गरे पनि निरीह भएर बा“च्थे तर अहिले कानुन बनेको छ ।  संस्कार पनि बदलिएको छ ।  एक महिला एक पुरुषको परम्परा बसेको छ ।  
घरपरिवार सञ्चालन गर्न श्रीमान् श्रीमतीबीचको समझदारपूर्ण भूमिका नै सर्वाधिक महŒवको हुन्छ ।  घरको सानोभन्दा सानो कामदेखि व्यावहारिक जीवनमा आइपर्ने हरेक पक्षमा आपसी समझदारी भयो भने सा“च्चै त्यो घर मन्दिरझैँ सुन्दर बन्न पुग्छ ।  पारिवारिक मेलमिलाप, छोराछोरीको स्याहार सुसार, शिक्षादीक्षा, लेनदेनमा सत्यतथ्य विवरण असल दाम्पत्य जीवनको दर्बिलो खम्बा बन्न सक्छ ।  दैनिकीस“ग जोडिएका कतिपय घरायसी व्यवहारमा आपसी समझदारी र आपसी छलफल हुनै पर्छ ।  त्यसको अलवा एकल निणर्य भयो भने सम्बन्धमा खटपट सुरु हुन्छ ।  सल्लाह र समझदारी भएको कुरा पनि कहिलेकाहीँ बिग्रन सक्छ ।  त्यस बेला दुवैले संयम अपनाउनुपर्छ ।  परिवारको भलो त आखिर दुवैले चिताएको हुन्छ ।  कुनै कुरा बिग्रियो भन्दैमा कर्कश शब्दमा एकले अर्कोमाथि दोष थोपरिरहने गर्नु हुँदैन ।  पारिवारिक जिम्मेवारी समानरूपमा महसुस गर्ने र दायित्व पूरा गर्ने गर्नुपर्छ ।
वैवाहिक जीवनमा तनाव पारिवारिक हस्तक्षेप पनि एक हो ।  दम्पतीबाट जन्मने सन्तान छोरा वा छोरी के जन्मनु पर्छ ? छोरा
कति ? छोरी कति ? वा छोराछोरी दुवै बराबरी ।  वा वंश धान्न छोरा नै
चाहिने ? बर्सेनि छोरी जन्माउँदै छोराको बाटो हेर्ने वा भ्रुण हत्या गर्ने ? वा दोस्रो विवाह पारिवारिक किचलो÷झमेलामा फस्ने ? यी परिवारका कुरामा श्रीमान् श्रीमतीको आपसी भूमिका कस्तो हुनुपर्छ ? यसको निक्र्योल दुवैले समझदारीपूर्वक गर्नुपर्छ ।  
महिला आमा हुन्, पृथ्वी हुन् र धर्ती हुन् ।  परिवारको खुसीका निमित्त आफ्नो शरीरलाई दाउमा राखेर बच्चा जन्माइरहने निर्णय गर्ने वा लोग्नेको दोस्रो बिहे भएको टुलुटुलु हेर्ने ? वा सम्पत्ति अंशबण्ड छुट्टिएर आफू अलग बस्ने ? खटपट सुरु हुन्छ श्रीमान् श्रीमती बीचमा ।  त्यसबेला स्वयं श्रीमान्ले आफ्ना बाउआमा वा परिवारस“ग खुलेर आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।  एउटा थाप्लोमा दुई वटा नाम्लो सम्भव छैन ।  छोरा होस् वा छोरी दुवै बराबरी ।  ऊ मेरा लागि म उसका लागि ।  सुमधुर दाम्पत्य जीवन सफल बन्न यहा“ भावनाको कदर भएस“गै सम्बन्धमा अझ गाढापन थपिँदै जान्छ ।  समयले कोल्टे फेरेस“गै छोरा÷छोरी बीचको विभेदको खाडल सहर बजारतिर क्रमशः हटे पनि दुर्गमका गाउ“बस्तीमा यो चलन अहिले पनि ज्यू“का त्यू“ नै छ ।  
बढ्दो सम्बन्ध विच्छेदमा मलजल अहिलेको उर्लदो वैदेशिक रोजगार पनि हो ।  हिजोआज विभिन्न मुलुक के महिला के पुरुष, विदेशिनेहरूको सङ्ख्या उच्च हुँदै गइरहेको छ ।  कतिलाई श्रीमान्ले धोका दिएका छन् त कतिलाई श्रीमतीले धोका दिएका छन् ।  कतिले शङ्काको भरमा घर उजाड बनाएका छन् ।  कमाउन जानेहरूका दुःख पीडा एकातिर छन्, फजुल खर्च गर्नेहरूको चरित्र अर्कोतिर अनि यी दुवै खाले चरित्रको चेपुवामा लालाबाला, वृद्धवृद्धा भोकभोकै मरिरहेका छन् ।  देशमा रहेका युवाशक्तिको जोस जा“गर तथा सीप पलायन भइरहेको छ ।  यसको सीधा असर श्रीमान् श्रीमती (परिवार) मै परेको छ ।  एकढिक्का भएर बा“च्नुपर्ने परिवार खण्ड–खण्ड भएर ब“ाच्न बाध्य छ ।  यसतर्फ जतिसक्दो चा“डो राज्यको ध्यान जान जरुरी देखिन्छ ।  राज्यले विदेश पलायन रोक्न आफ्नो देशमा रोजगारिको वातावरण सिर्जना गरेर युवा सीप अनि जा“गरलाई आफ्नो पञ्जामा राख्न सक्नुपर्छ ।  त्यसो भएमा पारिवारिक निकटता कायम रहिरहन्छ ।  अभिभावकको संरक्षण पाउनुपर्ने सबैले त्यो पनि पाइरहन्छन् ।  समाज समृद्धि बन्दै जाँदा घरघरको अनिष्टता पनि टर्दै जान्छ ।
हो, अहिलेका महिला स्वयं समृद्धिको बाटोतर्फ अघि बढ्दै छन् ।  परम्परागत भूमिकालाई तोड्दै छन् ।  तर त्यसो हुँदैमा महिलाले एकैपटक ठूलै स्वतन्त्रता उपभोग गर्न खोज्नु, आफू ‘भुइँमा न भाँडामा’ भएको ठहर्ने गरी चाहिने नचाहिने कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफू अलग हुने निर्णय लिनु पक्कै जायज होइन ।  पुरुषले पनि महिलाको बदलिँदो भूमिकालाई अस्वीकार गर्नु, उनीहरूको क्षमताको पहिचान र कदर गर्न हिच्किचाउनु, मन छोटो बनाउनु न्यायोचित हुँदैन ।  संसारको चक्र सही मार्गमा चल्न श्रीमान् श्रीमती ‘एक रथका दुई पाङग्रा’ हुनै पर्छ ।  राजिखुसी, ह“ासिखुसी रहनुपर्ने जीवनको सम्बन्ध टुट्नु, आपसी वैमनष्य बढेर साथ छुट्नु जीवनको अभिशाप हो ।  कलङ्क हो, मुक्ति होइन ।  सन्तान दर सन्तानको खुसी, परिवारको खुसी कुनैमा कदापि कलङ्क विजारोपण हुनु हुँदैन ।  सानोतिनो खटपट सुरु हुँदैमा त्यसले भयावहको अवस्था वा सम्बन्ध विच्छेदको अवस्था नल्याइदेओस् ।  कानुनले सजिलो बनायो भन्दैमा त्यसको दुरूपयोग गरी आफू र सन्तानलाई सदाको पीडा, दुःखमा नहेलियोस् भन्ने हेक्का सबैले राख्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना