समाचारमा सत्यापन

laxaman pantaलक्ष्मणदत्त पन्त


डेढ दशकयता नेपाली मिडियाको सङ्ख्यात्मक विकासले फड्को नै मारेको देखिन्छ ।  हजारौँको सङ्ख्यामा अखबार, रेडियो, टेलिभिजन च्यानल र झण्डै पाँच सय अनलाइन न्यूज पोर्टलहरूले सत्य, असत्य, पाच्य, अपाच्य सबैखाले सूचना सम्प्रेषण गरिरहेका छन् ।  लोकतन्त्र र सहभागितामूलक विकासका लागि अत्यावश्यक मानिने प्रेस जगत्को नागरिकलाई सूचनामार्फत सशक्त बनाइ वाचडग अर्थात् शक्ति र सत्तामाथि निरन्तर निगरानी राख्ने जिम्मेवारी पनि हो ।  यद्यपि प्रेस त्यो जिम्मेवारीबाट विमुख भएको गुनासा प्रशस्तै छन् ।  समाचारको स्रोतको विश्वसनीयतामा आएको ह्रासका कारण पत्रकारिता पेसाप्रतिको नागरिक विश्वास घट्दै गएको छ ।  
सूचना वा समाचार सत्य भए नभएको छुट्टयाउने विधिलाई सत्यापन भनिन्छ ।  सत्यापन समाचारको प्राण हो ।  यसको अभाव वा अनुपस्थितिमा समाचारकै मृत्यु हुन्छ ।  
नेपालमा आमसञ्चारका माध्यमको सङ्ख्यामा जति वृद्धि भएको छ, त्यसअनुसार समाचार वा पत्रकारिताजन्य सूचनाको गुणस्तरमा वृद्धि छैन ।  यसका कारण धेरै भए पनि मुख्य कारण दुई वटा मात्रै छन् ।  पहिलो कारण हो, को पत्रकार बन्ने भन्ने विषयमा सबै मौन बस्नु अर्थात् पत्रकारको योग्यता नै नतोक्नु ।  पत्रकारिता भनेको मात्र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास हो भन्ने हवाला दिँदै यसबारे नेपालमा अघोषित छुट नै दिइएको छ ।  दोस्रो कारण हो मिडियामा लगानी कसले गर्ने भन्ने विषय ।  अपारदर्शी तरिकाबाट, शक्ति र अपराधको आवरणमा समेत सम्पत्ति कमाएकाले मिडियामा लगानी गरी कालो धन सेतो बनाउने अवसर पाएका कारण समाचारमा स्वार्थसमूह हाबी छ ।  
समाचारमा सत्यापानकै समाप्तिका कारण नेपाली मिडियाले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह उठेको छ ।  सन् २००२ जनावरी २ मा कान्तिपुर मिडिया ग्रुपका नेपाली र अङ्ग्रेजी प्रकाशनले रसेन्द्र भट्टराईलाई खर्बपति भनेर उनको समाचार छापे ।  त्यतिमात्र नभई उसले कसरी नेपालबाट पाँच डलर बोकेर युरोपमा खर्बपति भए भनेर सन्सनीपूर्ण समाचार प्रकाशन गरे ।  केही दिनपछि वास्तविकता बाहिर आयो ।  विना अनुसन्धान कान्तिपुरले पाठकलाई झुठ्ठा र आधारहीन समाचार प्रकाशन, प्रसारण ग¥यो ।  त्यस्तै अनुजा बानियाँ काण्ड ।  सन् २०११ अप्रिल ९ मा अनुजा नाम गरेकी युवतीले भेटाएको लाखौँ रुपिया फिर्ता गरेको समाचार प्रकाशन ग¥यो ।  पछि अनुसन्धान गर्दा उक्त समाचार झुटो र निराधार भएको पुष्टि भयो ।  सोही समाचारका कारण तत्कालीन राष्ट्रपतिले एक कथित इमानदार पात्रलाई बधाई दिनुपरेको थियो ।
जुन ८, २०१६ मा ई–कान्तिपुर न्यूज पोर्टलले ब्रेकिङको नाउँमा जिउँदा अम्बर गुरुङलाई मरे भनेर समाचार सम्प्रेषण ग¥यो ।  केही घण्टापछि समाचार झुटो भएको प्रमाणित भयो ।  घटनापछि ईकान्तिपुरले माफी त माग्यो तर उक्त समाचारले गर्दा धेरै मानिसले जीवित गुरुङप्रति देश विदेशबाट संवेदना प्रकट गरे ।  सामाजिक सञ्जालमा ‘रिप’ अम्बर भनेर ‘टे«न्ड’ नै चल्यो ।  उक्त घटनाले अम्बरका आफन्त र परिवारमा रुवाबासी चल्यो ।  त्यस्तै नागरिक दैनिकको दिलशोभा प्रकरण, सन् २०१४ फेब्रुअरी २६ मा पहिलो पृष्ठमा दिलशोभालाई यौन दुराचारको आरोप शीर्षक समाचार प्रकाशन ग¥यो ।  उक्त समाचारको प्रमुख स्रोत भनेको अडियो टेप थियो ।  पछि समाचार भ्रामक र झुटो भएको पुष्टि भयो ।
अन्य ट्याबलोइड पत्रिका तथा अनलाइन मिडियाको त कुरै नगरौँ ।  सर्वाधिक लगानी र व्यापक पहँुच भएको भनिएका मिडियाबाट बारम्बार हुने यस्ता गल्तीलाई सामान्यरूपमा हेर्न मिल्दैन ।  एकपटकको गल्तीलाई माफ दिन सकिन्छ ।  पटक पटक हुने गल्ती नियोजित र प्रायोजित हुने गर्छन् ।  यस्तै सिलसिला चल्दै गए नेपाली मिडियाको विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह लाग्न सक्छ ।  मिडिया र सत्यापन एक अर्काका परिपूरक हुन् ।  सत्य तत्य विनाको मिडिया खाली प्रोपोगण्डा अर्थात् प्रचारबाजीका लागि मात्र काम लाग्छ ।  यो पत्रकारिता नभई पित पत्रकारिता हो ।  यसले खाली भ्रामक र झुठ्ठा समाचार छाप्ने सिवाय अरू केही काम गर्दैन ।  
निराधार तथा हावाधारी समाचार प्रकाशन गर्नाले पाठकहरूमा आमसञ्चारका माध्यमप्रति अविश्वास दिन प्रतिदिन बढ्दो छ ।  मै हँु भन्ने मिडियाको समाचार पनि पाठकले सजिलै विश्वास गर्न वातावरण छैन ।  भलै पत्रकारितालाई हतारको साहित्य भनिए पनि पत्रकारिताजस्तो गरिमामय पेसा हतारमा गर्नु हुँदैन ।  सानोभन्दा सानो घटनालाई गहिरो अनुसन्धान गर्नुपर्छ ।  समाचारका स्रोतहरूलाई हत्पत विश्वास गर्न हुँदैन ।
मानिसहरू मिडियामा आउन अनेकथरि किस्सा गर्छन् ।  यस्ता मनोभाव भएका स्वार्थी व्यक्तिको पहिचान पत्रकारले गर्न सक्नुपर्छ ।  पत्रकार भनेका सूचनाका सूत्रधार हुन् ।  तिनै सूत्रधारले झुठ्ठा र आधारहीन समाचार सम्प्रेषण गरे आमजनमानसले कसलाई विश्वास गर्ने ? जनताका लागि आमसञ्चार नै पहिलो सूचनाको माध्यम हो ।  कुनै पनि घटनाको सत्य तथ्य थाहा पाउन मानिसहरू या त पत्रपत्रिका वा रेडियो, टेलिभिजन हेर्ने गर्छन् ।  तिनै मिडियाले गलत समाचार प्रकाशन र प्रशारण गरे पाठकले कसलाई विश्वास गर्ने ?
मिडियाको पहिलो दायित्व भनेको सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु हो ।  सत्यापनले पत्रकारितालाई मनोरञ्जन, कला, कथा र प्रचारबाजीसँग छुट्याउँछ भन्ने कुराको हेक्का सूचना र समाचारको दुनियाँमा काम गर्नेले राख्नै पर्छ ।  सत्यापनको सिद्धान्त आफैँमा व्यक्तिगत छ, त्यसैले मानिसहरू जथाभावी बोल्छन् ।  यो नै पत्रकारितालाई अल्मलाउने एक प्रमुख तŒव हो ।  पत्रकारितामा वस्तुनिष्ठता महŒवपूर्ण पक्ष हो ।  नेपाली पत्रकारिताको अभ्यासमा यसको मौलिक विचारलाई गलत ढङ्गले व्याख्या गरिएको छ ।  
सूचना सम्प्रेषकले बुझ्नुपर्ने सत्यापन पत्रकारितामा भेदभाव गर्न छुट हुन्छ भनेर प्रयोग गरिएको होइन ।  समाचारमा वस्तुनिष्ठता र सत्यापन कायम गरिए सूचनाको घनत्वको वृद्धि हुन्छ ।  सत्यापनको सिद्धान्तको अनुसरणले पुराना तथा नवप्रवेशी पत्रकारहरूलाई सचेत गराउँछ ।  पत्रकारले कहिले पनि नभएको कुरा जोड्ने र स्रोतलाई धोका दिने कार्य रोकिनुपर्छ ।  वर्षौंदेखि नेपालमा पत्रकारिता पेसा कम, रुचि बढी भएको तथ्य पनि कसैबाट लुकेको छैन ।  विशिष्टिकृत पत्रकारिता शून्य प्रायः हुँदा आवश्यकता भइकन पनि समाचारमा सत्यापनको स्थान न्यून छ ।  सत्यापन पत्रकारिताको प्राण हो भन्ने विषय नेपालका मूलधारका पत्रपत्रिका, टेलिभिजन च्यानलहरू र ग्रामीण भेगमा एफ.एम. रेडियो स्टेशनहरूले आत्मसात् गर्नसके जनमानसमा समग्र पत्रकारिताप्रतिको विश्वास बढ्न सक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना