इराकमा भीषण आक्रमण १२५ जनाको मृत्यु

बीबीसी

बगदाद, असार २० गते । इराकको  राजधानी बगदादको व्यापारिक इलाकामा आइतबार गराइएको आत्मघाती कारबम आक्रमणमा १२५ जनाको ज्यान गएको छ भने १५० जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।  
राजधानी बगदादमा यस वर्ष भएका एकल आक्रमणहरूमा यो सबभन्दा भीषण आक्रमण भएको बताइएको छ । iraq 
यो आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले लिएको छ । इराकको फल्लुजा सहर आईएस आतङ्ककारी समूहबाट पूर्ण रूपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको हो ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो आक्रमणको भत्र्सना गर्नुभएको छ ।  सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ ।  हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ भन्ने काँग्रेसको स्पष्ट धारणा रहँदै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना