चेप्राङका २२ जनाको उद्धार


uddharमुरारी अधिकारी , धादिङ, असार १९ गते ।  बुधवार राती गाउँको चारैतिरबाट आएको पहिरोका कारण थुनिएका उत्तरी धादिङको रि चेप्राङका–८ घरका २२ जनाको आइतबार झण्डै ८५ घण्टा पछि उद्धार गरिएको छ ।
सुतिरहेको समयमा मध्य रातमा जमिन हल्लिएपछि डराएर घर बाहिर निस्किएका स्थानीय चारैतिर पहिरो गएको थाहा पाएपछि  उनीहरू घर छाडेर खुल्ला स्थानमा एउटा च्यातिएको त्रिपालमुनी आधापेट खाएर उद्धारको प्रतिक्षामा रात बिताएको पीडित सुरमान तामाङले बताउनु भएको छ ।
मौसम खराव हँुदा उद्धारका लागि गएको हेलिकप्टर समेत फर्किएपछि उनीहरू आत्तिएका थिए । सदरमुकामबाट तिन दिनको पैदल यात्रा पछि पुगिने चेप्राङमा सनिबार दिउसो नेपाल प्रहरीका दुई र स्थानीय दुई युवा पहिरो छिचोलेर बस्तीमा पुगे र बिरामी, बालबच्चा र बृद्धबृद्धा बाहेक १४ जनालाई उनीहरू उद्धार गरेका थिए । बाँकि आठ जना पहिरोको बीचमा नै रात विताएको तामाङ बताउनुहुन्छ । बाच्ने आशा मारिसकेका उनीहरू आइतबार विहान नेपाली सेनाको हेलिकप्टेर गाउँमा पुगेपछि अन्नपात गाई बस्तु सबै छाडेर सदरमुकाम आइ पुगेका छन् । गाइ वस्तु जग्गा जमिन सबै छाडेर आएका उनिहरू सरकारले आफूहरूलाई बस्ने वेवस्था मिलाइदिने आसामा रहेको फुलमाया तामाङ बताउनु ुन्छ ।
उद्धार गरिएका सवै जनालाई नेपाली सेनाले निर्माण गरिरहेको सामुहिक आवासमा राखिने जिल्ला दैविक प्रकोप उद्धार समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभएको छ । भुकम्पका कारण घरवार गुमाएपछि जसो तसो अस्थायी टहरामा वस्दै आएका रि लाप्राकका बासिन्दा पहिरोका कारण वस्तु भाउ र घर छाडि यन्यत्र सर्नुपदा निराश बनेका छन् । जसोतसो ज्यान बचाएर धादिङबेसी आइपुगेका बुद्धिमान तामाङको एउटै चिन्ता छ अवको दैनिकी कसरी गुजार्ने   ?

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना