जर्मनी सेमिफाइनलमा

Neuerकाठमाडौं , असार १९ गते । आज बिहान भएको क्वाटरफाइनल खेलमा जर्मनीले इटालीलाई पेनाल्टी सुटआउटमा ६- ५ ले पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटाली अपराजित रहँदै आएको थियो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइएको थियो । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासंग सेमिफाइनल खेल्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना