सत्ता भन्दा राष्ट्रको स्वार्थमा लागौंः सिटौला

citaula
रमेश पौडेल, पोखरा, असार १८ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दलहरूलाई सत्ताको स्वार्थभन्दा माथि उठेर राष्ट्रको स्वार्थका निमित्त काम गर्न आग्रह गर्नुभएको छ  ।
 स्व. गिरिजाप्रसाद कोइरालको ९१ औ जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलहरू सत्ता स्वार्थमा लाग्ने हो भने संविधान कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो ।
केन्द्रीय सदस्य सिटौलाले नेताहरू भाषण गर्दा सधै एकताको कुरा गर्ने तर मौका पर्यो भने सत्ताको जोड घटाउमा लाग्ने गरेको वताउनुभयो ।
उहाँले  स्व. कोइराला कहिल्यै पनि राजनीतिमा विश्राम नलिएको नेताको रुपमा परिचित रहेको वताउनुभयो । उहाँले तत्कालीन माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर राजतन्त्र हटाई पहिलो संविधानसभाको चुनावको सफलतामा स्व. गरिजा कोइरालाको देन रहेको दावी गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना