पहिरोमा थुनिएको १४ जनाको उद्धार

333 (2)


मुरारी अधिकारी, धादिङ, असार १८ गते । बुधबार राति परेको अविरल वर्षापछि  चारैतिरको पहिरोबाट गाउँमा नै थुनिएका रि गाविसका चेप्राङबस्तीका १४ जनालाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले पहिरोले थुनिएका ६४ घण्टापछि दुई स्थानीय र दुई जना प्रहरीको सहयोगमा उद्धार उनीहरूको गरेको हो ।
चारैतर्फको पहिरोलाई छिचोलेर नेपाल प्रहरीका रुद्र कुमाल र सन्दीप कुमाल स्थानीय दुई युवाको सहयोगमा उद्धारका लागि चाप्राक गाउँमा पुगेका हुन् ।
गाउँको चारैतिरबाट पहिरो आएको कारण रि गाविस–९ चेप्राङका आठ घर परिवार पहिरोको बीचमा छन् । चेप्राङ गाउँ जाने लापा गाविसको पंगलीखोला, पूर्वतर्फ रहेको चेप्राङ खोला र गाउँको तलमाथि नै पहिरो आएको छ । लगातार झरिरहेको पहिरोका कारण ८ घर परिवारका २४ जना गाउँमा नै थुनिएका थिए । स्थानीय प्रशासनले हेलिकप्टेर प्रयोग गरी उद्धार गर्ने प्रयास गरेपनि खराव मौषमका  कारण उद्धार गर्न सकेको थिएन  ।
पहिरो आएको ६४ घण्टा पछि नेपाल प्रहरीका दुई जना प्रहरी पहिरो छिचोलेर गाउँमा पुगेको प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार रुद्र कुमाल र सन्दीप कुमाल दुई जना प्रहरीले स्थनीय दुई युवाको सहयोगमा गाउँका १४ जनालाई पैदलमार्गबाट नै उद्धार गरेको बताउनुभएको छ ।
उद्धार गरिएका १४ जनालाई रि गाविसको मेले डाँडामा निर्माणाधिन सामुहिक आवासमा राखिने प्रहरी उपरीक्षक सरदकुमार खत्रीले जानकारी दिनुभएको छ । बाँकी बिरामी, बालबच्चा र बृद्धबृद्धा गरी दश जनालाई भने नेपाली सेना परिचालन गरी उद्धारको लागि प्रयास गरिने जिल्ला दैविक प्रकोप उद्धार समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनु भएको छ । रिगाउँको लाप्राङ पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल यात्रा गर्नु पर्दछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना