भारतीय टुर अपरेटर पर्यटन प्रवद्र्धन गर्न उत्सुक

TTF
काठमाडौं, माघ २५ गते । भारत सरकारले बिदा पर्यटनमा नेपाललाई समावेश गराएपछि भारतीय टुर अपरेटर नेपालमा पर्यटन प्रवद्र्धन गर्न उत्सुक देखिएका छन् ।
भारतको मुम्बईमा सम्पन्न टीटीफ ट्राभल टुरिजम फेयरमा धेरै भारतीय टुर अपरेटरले नेपालमा टुर प्याकेज चलाउन उत्सुकता देखाएको नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाटा) का प्रथम उपाध्यक्ष शम्भु पाठकले बताउनुभयो ।
नाटाको अगुवाईमा फेब्रुअरी २ तारिखदेखि ६ तारिखसम्म मुम्बईमा भएको उक्त फेयरमा नेपाल पर्यटन वोर्डसहित नेपालका ११ वटा ट्राभल एजेन्सीले सहभागिता जनाएका थिए । टीटीएफको संंयोजन गर्नुभएको नाटाका उपाध्यक्ष पाठकले उक्त सहभागिता नेपालको पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सावित भएको बताउनुभयो ।
धेरै भारतीय पर्यटक नेपाल भ्रमण आउन चाहेको जनाउँदै पाठकले भन्नुभयो, “यो पटक हामीलाई पनि अचम्म लाग्यो यत्रो ट्राभल फेयरमा सबैभन्दा धेरै भीड नेपालको स्टलमा नै थियो । यसबाट पनि भारतीय पर्यटकको नेपाल घुम्ने चाहना स्पष्ट हुन्छ । ”
पाठकले भारत सरकारले बिदा पर्यटनमा नेपाललाई समावेश गराएपछि सहभागी जनाएका नेपालका ट्राभल एजेन्सीले पनि राम्रो ब्यापार पाएको उपाध्यक्ष पाठकले भन्नुभयो ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना