डुबेर एक बालकको मृत्यु

विराटनगर, असार १८ गते । खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । कोसीहरैचा–१ बस्ने कुमार तामाङको ६ वर्षीय विकासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

स्थानीय गोपाल थापाको बारीको खाल्डोमा डुबेर गम्भीर घाइते विकासको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना