दुई किस्तामा राहत

नारायण काफ्ले

काठमाडौँ, असार १६ गते ।  भूकम्पपीडित नागरिकले अब सरकारले पाउने सहायता रकम दुई किस्तामा पाउने भएका छन् ।  प्रमुख राजनीतिक दलबीच भएको सहमति अनुसार पीडितले पहिलो किस्ता एक लाख ५० हजार र दोस्रो किस्तामा ५० हजार गरी दुई लाख रुपियाँ सहायता पाउनेछन् ।  यसअघि तीन चरणमा गरी दुई लाख रुपियाँ दिने गरी कार्यविधि तयार भएको थियो ।  
कार्यविधि अनुसार पाँच हजारभन्दा बढी नागरिकसँग सहायता सम्झौता पनि भइसकेको छ ।  रकम दिने सैद्धान्तिक सहमति भए पनि दातासँगको सहमतिमा भएका कार्यविधि संशोधन गर्नुपर्नेछ ।  सरकारको संयोजनमा हुने कार्यविधि संशोधनमा प्रतिपक्षले पनि सहयोग पु¥याउने सहमति दलबीच बनेको छ ।  सरकारी सहायता बुझिसकेका नागरिकको हकमा के गर्ने भन्ने विषयमा कार्यदलको सहमति मौन छ ।  samsad
सरकारले दिने निर्णय गरेको सहायता एकमुष्ठ रूपमा दिनुपर्ने माग गर्दै पाँच दिनदेखि काँग्रेसले संसद्को काम लगातार अवरोध भएपछि दलबीच नयाँ सहमति भएको हो ।  विवाद मिलाउन गठित मध्यमार्गी प्रस्तावमा दलबीच नयाँ सहमति भएको हो ।
कार्यदल सदस्य तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले पहिलो किस्ता डेढ लाख रुपियाँ दिने गरी प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।  रावलले भन्नुभयो, “पहिले तय भएको ५० हजार रुपियाँमा एक लाख थप गरी डेढ लाख दिने र त्यसपछिको किस्ता दिनुअघि अघिल्लो रकम सदुपयोग भए नभएको हेरेर ५० हजार उपलब्ध गराउने समझदारी बनेको छ ।  त्यसको आधारमा अब दातासँगको परामर्श र कार्यविधि संशोधन प्रक्रिया अगाडि बढ्छ । ”
प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद एवं कार्यदल सदस्य प्रकाशशरण महतले दुई किस्तामा रकम दिने गरी सहमति भएको बताउनुभयो ।  महतले भन्नुभयो, “दुई किस्तामा रकम दिने गरी सहमति भएको छ ।  नयाँ सहमति अनुसार अब सरकारले तयार पारेको भूकम्पप्रतिरोधी घर निर्माण गरिसकेका लाभग्राहीले भने एकमुष्ठ दुई लाख रुपियाँ पाउनेछन् ।  तर, सहायत रकम पाउनका लागि सरकारले तोकेको मापदण्डभित्र रही घर निर्माण भएको हुनुपर्नेछ ।  
यस्तै दोहोरो तथ्याङ्क परीक्षणका क्रममा छुटेका नागरिकलाई पुनः सामेल गर्न पनि दलहरू सहमत भएका छन् ।  दोहोरो तथ्याङ्क सङ्कलनका कारण अनुदान सम्झौतामा ढिलाइ भए पनि पुनः पुरानै तथ्याङ्कमा फर्कने निर्णय दलहरूले गरेका हुन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना