लिम्बुवान पार्टी विभाजन हुन सक्ने



उर्लाबारी समाचारदाता, उर्लाबारी असार १५ गते । संघीय लिम्बुवान पार्टी नेपालको संस्थापन पक्षले पार्टी एकलौटी ढंगले चलाएको भन्दै असन्तुष्ट पक्षले छुट्टै आन्दोलनको घोषणा गरेको छ ।
      लिम्बुवान प्रदेशको माग गर्दै आएका पाँच वटा दल एकीकरण भएर बनेको संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको महाधिवेशन बोलाएपछि पार्टीको  विवाद उत्कर्षमा पुगेको हो ।
बुधबार उर्लाबारीमा लिम्बुवान घटक संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङ्गाई धिमालले अध्यक्ष लिङदेनको कार्यप्रति असन्तुष्ट जनाउँदै आफू उक्त पार्टीमा नरहने जनाउनु भएको हो । पार्टी भित्रका अधिकांश कार्यकर्ताको मान हानी गर्दै पार्टी अध्यक्ष  लिङदेन एक्लै हिड्न खोजेपछि कानुनी रुपमै पार्टी फुटको नजीक पुगेको  उहाँको भनाई छ ।
     संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन आफैले पूर्वका बिभिन्न जिल्लामा आयोजित आमसभा तथा कार्यक्रमहरुमा दिँदै आएको अभिव्यक्तिले पनि त्यसलाई थप पुष्टि गरेको छ ।
दुई वर्ष वर्षअघि बृहत्त एकताको घोषणा गरेको लिम्बुवान पार्टी फेरि विभाजन हुने अवस्थामा पुगेको हो । धनकुटाको भेडेटारमा २०७१ साल साउन १९ गते तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, लिम्बुवान राज्य परिषद् र लिम्बुवान मुक्ति मोर्चा नेपालबीच एकता भएको थियो ।
पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ मञ्च सम्बन्ध रहेको परिषद्ले १ सिट प्राप्त गरेको थियो । अरुण सप्तकोशी पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटालाई ऐतिहासिकता आधारमा लिम्बुवान राज्यको माग गर्दै लिम्बुवान पार्टीले आन्दोलन सुरु गरेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना