रोपार्इं महोत्सवमा रमाए पर्यटक

रमेश पौडेल, पोखरा,असार १५ गते । आन्तरिक एवम् वाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा बुधबार रोपाई महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा गरिएको सो महोत्सव मा नेपाली र विदेशी पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो ।

वर्षातको समयमा पोखरा आउने पर्यटकको संख्या कमी हुने भएपछि पोखरा पर्यटन परिषद्ले “पोखरा सबै मौसमका लागि” भन्ने नारा सहित १२ वर्ष अघिदेखि सो अभियान थालनी गरेको हो । कृषि प्रधान देश नेपालमा रोपाई गर्ने ठूलो कुरो होइन तर बाजागाजा सहित पर्यटक नै हिलाम्य भएर रोपाई गर्न थाले पछि अन्र्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको खेती प्रणाली को प्रचारप्रसार भएको पर्यटन व्यवसायको दाबी छ ।

पोखराको महतगौंडास्थित राम भण्डारी र बिक्रम भण्डारीको खेतमा आयोजित सो असारे रोपाई महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यस क्षेत्रलाई बुद्ध सर्किटको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तैप्रकारका मेला महोत्सवले विश्व बजारमा पर्यटन प्रबद्र्धन गर्न सघाउ पु¥याउने बताउँदै आगामी वर्ष नेपालमा १० लाख पर्यटक भित्राउनले लक्ष्य रहेको मन्त्री पोख्ररेलले  बताउनुभयो  ।

‘हिलोमा एक पटक टेक्नु पर्छ है’ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजित महोत्सवमा नेपाली मात्र नभई अमेरिका ,बेलायत,चीन ,जर्मन, अष्ट्रेलिया,हल्याण्ड,जापान,दक्षिण कोरिया लगायत सयौँ  विदेशी पर्यटकहरुले रमाइलो मान्दै आपसमा हिलो छ्यापाछ्याप गरेको दृश्यले रोमाञ्चित बनाएको थियो ।

हिलोमा खेल्दाको रमाइलो कहिल्यै पनि भुल्न नसक्ने भनाई बेलायती पर्यटक क्रिष्टिनाको रहेको छ । सेलरोटी र दही चिउराले उनीहरूको सहभागीता लाई झनै स्मरणीय बनाएको थियो । अर्का पर्यटक जेम्स ले भने नेपालका साँस्कृृतिक कार्यक्रमले हाम्रो भ्रमण लाई नमुना बनाएको छ , उहाँले थप्नुभयो हामी  असाध्यै खुशी छौ ,हामी सँग आउने भनेका केही साथी आएनन् उनीहरूले धेरै मीस गरे ।

कार्यक्रममा पोखरेलीको उल्लेख्य सहभागिता थियो । आन्तरिक तथा बाह्य पर्यटन भित्रयाउने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक डम्मबबहादुर केसीले जानकारि दिनुभयो । महोत्सबमा साउने (हलगोरुको दौड), असारे गीत तथा रोपाइँ, हिलोमा माछा समात्ने , हिलो दौड , रस्सा कसी प्रतियोगिता सगै स्थानीय एंव जिल्लामा उत्कृष्ट कृषकलाई सम्मान र विविध साँस्कृतिक गरिएको थियो ।  
 
पोखरा उपत्यकामा अचेल खेतीयोग्य जमिन प्लटिङका कारण नासिँदै जाँदा असारे रोपाइँ महोत्सवले सकारात्मक सन्देश समेत दिएको कतिपयको बुझाई छ । पोखराको विरुवा फाँट, कुँडहर फाँट, सेती बगर, लेखनाथ नगरपालिकाका विभिन्न फाँट प्लटिङका कारण नासिदै गएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना