सडक दुर्घटनामा दुईको मृत्यु


धादिङ समाचारदाता, धादिङ, असार १५ गते । धादिङमा बुधबार भएको छुट्टा छ्ट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन् ।
थाक्रे वडा नं ८ सातघुम्तिमा हेटौंडाबाट डिजेल बोकेर काठमाडौँं तर्फ आउंदै गरेको ना ३ ख ३१२७ नंबरको ट्याङकरको पट्टा भाँचिएर अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा  थाके्र वडा नं ८ बस्ने हरिबहादुर भुजेको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ ।
बुधबार नै धादिङको वेनीघाट स्थित झिल्के डाँडामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई यात्रु घाईते भएका छन् ।  काठमाडौबाट चितवन तर्फ जादैगरेको ना ४ ख ६०२८ नंबरको ट्रक अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खस्दा ट्रकमा सवार नवलपरासी कावासोती घर भएका २० वर्षिया आशिष पाण्डेको मृत्युभएको हो भने अन्य दुई जना घाईते भएका छन् । घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  ट्रकका चालक फरार रहेको र निजको खोजी कार्या जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना