बझाङमा आधा घण्टामा चार पटक भूकम्प

                   
शैलेन्द्र रोकाया
बझाङ, असार १५ गते । बझाङको धमेना गाबिस केन्द्र बिन्दु आधा घण्टामा चार पटक भूकम्प  गए पछि स्थानीय वासिन्दामा त्रास पैmलिएको छ ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ स्केलको, ३ बजेर १२ मिनेटमा ४.२ रेक्टर स्केलको त्यसै गरि ३ बजेर २८ मिनेटमा ३.८ रेक्टर स्केलको ३ बजेर २९ मिनेटमा ३.६ रेक्टर स्केलको भुकम्प आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको भने बिबरण हाल नआएको जिल्ला प्रहरी कार्यालय बझागंले जनाएको छ ।यो भुकम्प गोरखा भूकम्पको परकम्पन नभई नयाँ भूकम्प भएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले भूकम्पबाट क्षति भए नभएको एकिन बिबरण आइनसकेको  बताउनु भयो ।
नेपालमै सबैभन्दा बढी भुूकम्पको जोखिम मानिने बझाङको कडेल गाउँमा केन्द्रबिन्दु भएर  गत बैसाख १८ मा समेत ४.२ रेक्टर स्केलको भुईचालो आएको थियो । राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राबिधिक उमेस गौतमले नेपालमै भुकम्पको उच्च जोखिममा रहेको बझाङ, दार्चुला र बैतडी रहेको बताउदै २०३७ साल तिर पनि बझाङ केन्द्र बिन्दु भएर ६.५ र ६ रेक्टर स्केलको भुकम्प जाँदा निकै जनधनको क्षती भएको बताउनु भयो ।
 बुधबार भुकम्प फेरि पनि आउन सक्ने भन्दै स्थानियबासी हरु आफ्नो सुरक्षाको बारे चिन्तित छन् । चैनपुर बसोबास भएका बाल्मिकी जोशीले भुकम्पबाट बच्नका लागी सुरक्षित स्थान आबस्यक पर्ने भएको भन्दै यसमा धेरै होसियारी हुनु पर्ने बताउनु भयो ।
भुकम्पका जहिले पनि जतीबेला पनि जान सक्ने भएकाले पूर्ब तयारीका साथ बस्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले स्थानीयबासीलाइ पूर्व तयारीका साथ सुरक्षित स्थानको पहिचान गर्न  समेत आग्रह गर्नुभएको छ  । साथै वहाँले उद्घार कार्यका लागी नेपाली सेना र नेपाल प्रहरी लाई तयार राखेको बताउनु भयो ।  यस अघि २०३७ ,२०२३ र २०४० सालको भुकम्पले बझाङमा ठूलो क्षति पुर्याएको बुढापाकाहरुको भनाई छ  ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना