सिंहदरबारको पुनःनिर्माणमा दुई अर्ब लाग्ने

नारद गौतम

काठमाडौँ, असार १५ गते ।  देशको केन्द्रीय प्रशासनिक भवन सिंहदरबारको अग्र भाग अर्थात् पश्चिम मोहडालाई अहिलेको जस्तै गरी पुनःनिर्माण गर्न झन्डै दुई अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।  
अध्ययनबाट यो भवन १० सेन्टिमिटर अर्थात् चार इन्च झुकेको पाइएको, भवनका छठहरू खिया लागेका र कङ्क्रिटमा अलि बढी अम्लीयपन देखिएको छ ।  राणाकालीन ११३ वर्ष पुरानो यो आकर्षक दरबारलाई भत्काएर नयाँ बनाउने वा सबलीकरण (रेट्रोफिटिङ) गर्ने भन्नेमा अझै टुङ्गो लागेको छैन ।  भत्काएर नयाँ बनाउन पुरातìव विभाग र नेपाल सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
गत वर्ष वैशाख १२ र २९ गते गएका दुई ठूला विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यो भवन अहिले मानवविहीन छ ।  त्यहाँ कसैलाई प्रवेश गर्न पनि दिइएको छैन ।  भूकम्प आउनुअघि त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालय रहेको पश्चिमतर्फको पुरानो भवनमा भूकम्पले अत्यधिक क्षति पु¥याएको छ ।  
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहलका आयोजना निर्देशक इन्जिनियर शिवहरि शर्माले गोरखापत्रसँग भन्नुभयो, ‘‘हामीले चाहिँ त्यो भवन भत्काएर बनाउनुपर्छ भनेका छौँ, त्यसको अध्ययन प्रतिवेदन पनि आएको छ, त्यसलाई भत्काउने कि सबलीकरण गर्ने भन्ने दुई थरीका धारणा छन् । ’’    singhdarbar jpg
त्यसको राय सुझाव लिन संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत पुरातìव विभागमा पठाइएको छ र भत्काएर बनाउँदा पुरानोजस्तो छ त्यस्तै बनाइने जानकारी पनि निर्देशक शर्माले दिनुभयो ।  
पुरातìव विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार, सिंहदरबारको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन भर्खर विभागमा आएको छ ।  उहाँले स्ट्रक्चरल इन्जिनियरहरूसँग छलफल गरेर उहाँहरूको रायअनुसार पुनःनिर्माण गर्ने वा सबलीकरण गर्ने भनेर सिफारिस गर्ने जानकारी दिनुभयो ।  एक सय वर्षभन्दा पुराना भवनलाई पुराताìिवक महìवको मानिन्छ ।  
सिंहदरबार भवनकै अन्य मोहडा पूर्व, उत्तर र दक्षिणतर्फ रहेका भवनको भने सबलीकरण गर्न प्रक्रिया अगाडि बढेको छ ।  २०३० सालमा यहाँ ठूलो आगलागी भएको थियो र त्यसबाट यसको पछाडिपट्टिको धेरैजसो भाग नष्ट भएका थिए ।  सो आगलागीपछि बनाइएका नयाँ भवनहरू भने सबलीकरण गरिने भएको छ ।  
सिंहदरबारको अग्र भागको भवन भत्काउने कि के गर्ने भनेर सोमबार पनि छलफल भएको थियो, पुरातìव विभागले सय वर्ष पुरानो भवन हो बचाउनुपर्छ भनेर भन्ने गर्छ, त्यहाँको राय सुझाव आएपछि मात्रै ठोस निर्णय हुन्छ, विभागले राय दिएपछि त्यो प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पठाइने बताइएको छ ।
इन्जिनियर सुरेश वाग्लेले भन्नुभयो,
‘‘सिंहदरबारको पश्चिमतर्फको भवन नयाँ बनाउँदा करिब दुई अर्ब लागत लाग्ने अनुमान छ, भत्काएर अहिलेकै जस्तो भवन बनाउन कम्तीमा तीनदेखि चार वर्ष लाग्ने छ । ’’ नयाँ बनाउने हुँदा डिजाइन गर्न, खरिद प्रक्रिया अगाडि बढाउन झन्डै एक वर्ष लाग्ने छ ।  भत्काएर नयाँ बनाउन पुरातìव विभाग र नेपाल सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।   
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० मा बनाउन लगाएका थिए ।  यसको निर्माण कार्य सुरु भएको एक वर्षभित्रै पूरा भएको थियो ।  निर्माण पूरा हुँदा यसमा एक हजार ७ सय कोठा थिए  ।  
यस भवनलाई त्यति बेला एसियाभरिको सबैभन्दा ठूलो दरबार मानिन्थ्यो ।  भवन निर्माणका लागि २५ लाख रूपियाँ लागेको थियो ।  नेपालमा राणा शाहीको अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयको रूपमा २००७ सालबाट प्रयोग हुँदै आएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना