माघ १९ बारे थाहा थियो : खनाल

गोविन्द शर्मा
बाँके, असार १४ गते । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको नीति तथा कार्यक्रम र वजेट उत्कृष्ट भएको बताउनुभएको छ ।

 नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल नेपालगञ्जमा आयोजित कार्यक्रममा ।

कृषि प्रधान मुलुकमा वजेटले कृषिको आधुनिकीकरणलाई मुख्य प्राथमिकता दिएको भन्दै  पूर्व प्रधानमन्त्री खनालले सरकारले लिएको सही नीतिको सबैले प्रशंसा गरिरहेको बताउनुभयो ।

सबैखाले क्रान्ति सम्पन्न भईसकेको अवस्था छ , नेकपा एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीको ६५ औं जयन्तीको अवसरमा नेकपा एमाले बाँकेले मङ्गलबार नेपालगञ्जमा आयोजना गरेको जनताको बहुदलीय जनवाद र आर्थिक सामाजिक रुपान्तरण अबको बाटो विषयक विचार गोष्ठीमा बरिष्ठ नेता खनालले भन्नुभयो,– अब आर्थिक  पुननिर्माणको काम गर्न बाँकी छ , त्यसका लागि सरकारले वजेटमा धेरै बिषय समावेश गरेको छ ।

पूर्व प्रधानमन्त्री खनालले नयाँ संविधानले हिमाल, पहाड र तराईका जनतालाई समान अधिकार दिएको उल्लेख गर्दै  संविधानसभाबाट निर्मित संविधान अग्रगामी भएको बताउनुभयो । नेपालको नयाँ संविधान लोकतान्त्रिक, देशभक्तीपुर्ण, परिवर्तनशील र समाजवादोन्मूख चरित्र विद्यमान रहेको उहाँले बताउनुभयो । खनालले तत्कालिन नेकपा माले र हाल एमालेमा नेताहरु गुटबन्दीमा लाग्दा पार्टी र देशकै लागि अहितकर हुँदै आएको बताउनुभयो ।

उहाँले २०६१ माघ १९  गते तत्कालिन राजा ज्ञानेन्द्रले कुनै कदम चाल्न लागेको बारेमा आफुलाई पूर्व जानकारी भएको बताउनुभयो । एमालेको सोही दिन बैठक परेको बताउँदै उहाँले पूर्व जानकारी पाएपछि आफु सतर्क भएका कारण नियन्त्रणमा नपरेको बताउनुभयो । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य यामलाल कँडेल, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री, उपसचिव प्रमोद धिताल लगायतले मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद नेपालमा मात्रै नभएर विश्व कम्युनिष्ट आन्दोलनका लागि नै मार्गदर्शक भएको बताउनुभयो  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना