मानसिक रोग अपराध होइन:स्वास्थ्यमन्त्री

Khagraj. Adhikariकाठमाडौँ, माघ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले मानसिक रोग अपराध नभएको बताउनुभएको छ । ‘हिंसा र मानसिक स्वास्थ्य नेपाली समुदायमा लुकेको चुनौती’ विषयक अन्तक्र्रियामा उहाँले समाजका प्रतिष्ठित व्यक्तिमा समेत मानसिक रोग हुनेगरेको उल्लेख गर्नु भयो । उहाँले मानसिक रोगको बारेमा सामाजिक जागरण अगाडि बढाएमात्र समाजको रुपान्तरण हुने धारणा राख्नु भयो । कोपिला–नेपालद्धारा आयोजित कार्यक्रममा नेकपा ९एमाले०का नेता रवीन्द्र अधिकारीले महिला हिंसाको बारेमा विधेयक पारित भएकाले यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउनु जरुरी रहेको बताउनुभयो ।

विसं २०५७ मा स्थापना भएको कोपिला –नेपालले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।हिंसाका कारण उदासीनता हुनुका साथै आत्महत्या बढी हुने गरेको समेत कोपिला नेपालले जनाएको छ ।

कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, मनोवैज्ञानिक डा शिशिर सुब्बाले महिला हिंसाको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना