घाँसीकुबामा बस पल्टिदाँ सोह्र यात्रु घाइते


दमौली, १३ असार । पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना ५ क ६४२७ नम्बरको यात्रुवाहक बस घाँसीकुवा–१ बेलवासमा पल्टिदाँ १६ जना यात्रु घाइते भएका छन् ।

आज बिहान भएको घटनाका घाइतेलाई डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना