अटोरिक्सा चालकले भेटाएको ५० हजार फिर्ता

दाङ, असार १३ गते । यहाँकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् ।

तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् ।

आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् । चालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेकी हुन् ।

सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गरिन् । “सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेकी छु । भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।” उनले रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केही लत्ताकपडा, गरगहना र औषधि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताइन् ।

उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरिन् । यसैबीच आफ्नो नगद रु ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता गरेकामा आचार्यले उनलाई धन्यवाद दिएकी छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना