डा. केसी पुनः अनशन बस्ने.

gobinda kcकाठमाडौँ, असार १३ गते ।  चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक आमरण अनशन बस्दै आउनुभएका वरिष्ठ चिकित्सक गोविन्द केसी पुनः आमरण अनशनमा बस्नुहुने भएको छ ।  
विभिन्न माग राख्दै डा. केसीले ती माग पूरा गर्न सरकारलाई असार २६ सम्मको समयसीमा पनि दिनुभएको छ ।  उहाँले असार २६ गतेसम्म पनि ती माग पूरा नगरे आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।  
उहाँले सबै मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै निःशुल्क गर्नुपर्ने, सातवटै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउनुपर्ने, काठमाडौँ उपत्यका आउँदा १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशाय पत्र पाएकाको नवीकरण नगर्नेजस्ता माग डा. केसीले उठाउनुभएको छ ।  
आइतबार पत्रकार सम्मेलन गरी डा. केसीले आगामी शैक्षिक सत्रदेखि केन्द्रीय परीक्षा लिने व्यवस्था गर्ने र त्यसका लागि हाल परीक्षा लिइरहेकासँग सहकार्य गर्ने माग पनि गर्नुभएको छ ।  
डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनसमेत माग गर्नुभएको छ ।  उहाँले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेकोलगायत आरोप लगाउँदै यो कार्यमा सामेल अन्य आयुक्तमाथि पनि कारबाही गर्न माग गर्नुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना