करणीको आरोपमा युवक पक्राउ

स्याङ्जा, असार १२ गते । स्याङ्जा सदरमुकाम नजिकै रहेको पुतलिबजार नगरपालिका ५ कुमाल गाउँमा एक युवकलाई एक महिलामाथि करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रातको समयमा युवती सुतेको कोठामा पुगेर कल्यापुर ५ सुर्खेत घर भै सोही स्थानमा ज्याला मजदुरी गर्दै बस्ने बर्ष ३५ का खड्कबहादुर रोकाले जबरजस्ति करणी गरेका हुन् ।
रोकाले कोठामा भाडामा बसी ज्याला मजदुरी गर्ने स्थानीय महिला कल्पना (नाम परिवर्तित) लाई करणी गरेको अरोपमा पक्राउ गरेको हो ।
राती दुई बजेको समयमा कोठामा पुगेर मुख छोपी जबरजस्ति करणी गरेको भन्दै कल्पनाले प्रहरीमा उजुरी दर्ता गराउनु भएको  प्रहरी नायब उपरीक्षक बीरबहादुर पुलामीले बताउनुभयो ।
उहाँले घटनाका विषयमा सत्य तथ्य पत्तालगाई कानुनी दायरामा ल्याउन अनुसन्धान शुरू गरिएको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना