काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

Surendra Raj Pandeyडडेल्धुरा, असार १० गते । संविधानको पूर्णतया कार्यान्वयन गर्न गराउनका लागि नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताउनुभएको छ । वर्तमान सरकारले सविधानको कार्यान्वयन र कानुन प्रभावकारी रुपमा लागू गर्न नसकेको अवस्थामा नेपाली काँग्रेसले जारी गरेको संविधानलाई व्यवहारमा पनि आफैँले उतार्ने नेता पाण्डेले बताउनुभएको छ ।

नेपाल तरुण दल बैतडीको जिल्ला अधिवेशन उद्घाटन गर्न विहिबार डडेल्धुरा आइपुग्नुभएका पाण्डेले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले राखेको स्वागत कार्यक्रममा संविधान पूर्णतया जारी गर्न नसके देश ठूलो दुर्घटनामा पर्नसक्ने भएकाले देशलाई जोगाउन र जनताका अधिकार सुनिश्चित गर्नका लागि पनि संविधान कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो ।

मुलुकको हालको आवश्यकता भनेको सर्वसम्मतिको सरकार हुनुपर्नै हो तर सर्वदलीय सरकार नभए चुनाव हुन असम्भव भएकाले पहिलो आवश्यकता भनेको दललाई मिलाएर सर्वदलीय सरकार बनाएर अगाडि लैजानुपर्ने नेता पाण्डेले बताउनुभयो ।

सबै दललाई एक ढिक्का बनाउन काँग्रेसले मात्रै सक्ने भएकाले काँग्रेस नेतृत्वको सरकार अहिलेको आवश्यकता भएको नेता पाण्डेले बताउनुभयो । काँग्रेसले नेतृत्व निर्वाह गरे मात्रै मुलुकको समस्या समाधान र मधेसको आन्दोलनको निकाससमेत निक्लने पाण्डेको भनाइ रहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना